बिसीसीमा मेडिटेशनबारे छलफल

लन्डन । अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूके भवनमा मेडिटेशन (ध्यान) बारे छलफल भएको छ ।
गत आइतबार २३ फेब्रुअरी बिहान एक घण्टाको नियमित सामूहिक मेडिटेशनपश्चात् मेडिटेशन गर्दा हुने अप्ठ्याराहरुबारे व्यापक रुपमा छलफल गरिएको हो ।
यसअघि विपसना मेडिटेशनको अनुभव लिइसकेको आशिष गुरुङ, रोज शाही र कमल थापाले आ–आप्mनो अनुभव सुनाउँदै मेडिटेशन गर्दा मनलाई कसरी एकीकृत गराउन सकिन्छ भन्नेबारे सुझाव दिएका थिए । उनीहरुले विशेषगरी मेडिटेशन गर्दा ५ वटा अवरोधहरु अर्थात् ध्यान भंग गराउने खालका विचारहरु आउने गर्दछ भन्दै ती अवरोधसँग कसरी जुध्ने भन्ने विषयमा पावर पोइन्ट प्रिजेन्टेसन प्रस्तुत् गर्दै आ–आप्mना अनुभवहरु सुनाएका थिए ।
मेडिटेशनले मानिसको जीवनमा महत्वपूर्ण भूमिका खेल्ने धेरैको विश्वास छ । पछिल्लो समय बेलायतमा बसोबास गर्ने नेपालीहरुले समेत आ–आप्mनो पायक पर्ने स्थानमा सामूहिक रुपमा मेडिटेशन गर्दै आएका छन् । सोहीअनुरुप बिसीसी भवनमा सो अभ्यास गरिँदै आएको हो ।
सो भवनमा करिब ३ वर्षदेखि प्रत्येक आइतबार बिहान ७ देखि ८ बजेसम्म नियमित रुपमा मेडिटेशनको सामूहिक रुपमा अभ्यास गर्दै आएका छन् । सो छलफललाई मेडिटेशन ग्रुपका संयोजक मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।