skip to Main Content
01252 338765

बिसीसी युकेद्वारा लण्डन शाखालाई पाँच सय पाउण्ड हस्तान्तरण

  • News
बिसीसी युकेद्वारा लण्डन शाखालाई पाँच सय पाउण्ड हस्तान्तरण
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बिसीसी युके लण्डन शाखालाई पाँच सय पाउण्ड हस्तान्तरण गरेको छ । गत आइतबार ७ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक कार्यक्रमको आयोजना गरी उक्त  सहयोग रकम हस्तान्तरण गरेको हो । बिसीसी लण्डन शाखाले गुम्बा भवन खरीद गर्नका लागि आर्थिक सहयोग संकलनार्थ देउसीभैलो खेलेका थिए । सोही अवसरमा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले बिसीसी युकेको तर्फबाट शाखाका अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई गुम्बा भवन खरीद सहयोगार्थ उक्त रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा गुम्बामा सहभागी बिसीसी युकेका कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमाहरु, भक्तजनहरुले समेत आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्ग र आमा अध्यक्ष दिलमाया गुरुङलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको समेत शुभकामना दिएका थिए ।
स्तै, नवनिर्वाचित शाखा अध्यक्ष र आमा अध्यक्षले सहयोगको लागि धन्यवाद दिए । बिसीसी युकेका कार्यसमितिका पदाधिकारीहरु र आमाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिसीसी युके लण्डन शाखाका अरु पदाधिकारी तथा सदस्यहरुको समेत बिशेष उपस्थिति रहेको थियो । बिसीसी युकेका अध्यक्ष अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई बिसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेका थिए ।

Back To Top
error: Content is protected !!