skip to Main Content
01252 338765

शाखा अध्यक्ष गोपालको उपस्थितिमा बिसीसी गुम्बामा बिशेष पूजा

  • News
शाखा अध्यक्ष गोपालको उपस्थितिमा बिसीसी गुम्बामा बिशेष पूजा

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके लण्डन शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्गको बिशेष उपस्थितिमा बिसीसी गुम्बा अल्डरसटमा बिशेष पूजा सम्पन्न भएको छ । गत बुधबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने माहाकालाको अवसरमा चोद पुजाको आयोजना गरिएको थियो ।

बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले बौद्ध धर्ममा माहाकाला र चोदको महत्व बारे जानकारी गराउदै चोद पूजा गरेका थिए । सो अवसरमा नवनिर्वाचित शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको नियमित पुजामा आफु शाखाको प्रतिनिधित्व गरेर आएको बताउँदै १०८ वटा बत्ती समेत बालेका थिए ।

शाखा अध्यक्षमा निर्वाचित भएपछि बिसीसी युकेको गुम्बामा पहिलोपटक आएका शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको अवलोकन गरी खेन्पो गुरु कुन्ख्यापसंग दर्शनभेट गरेका थिए ।
स्मरण रहोस्, गत अक्टोबर महिनामा सम्पन्न बिसीसी लण्डन शाखाको अविधेशनले गोपाल तामाङ्गअध्यक्ष र नयाँ कार्यसमिति चयन गरेको हो । साथै, सो अधिवेशनले आमा समूहको अध्यक्षमा दिलमाया गुरुङलाई चयन गरेको छ ।

Back To Top
error: Content is protected !!