skip to Main Content
01252 338765

बिसीसी युकेले राजदूत र रिन्पोछेको उपस्थितिमा बुद्ध जयन्ती मनायो

बिसीसी युकेले राजदूत र रिन्पोछेको उपस्थितिमा बुद्ध जयन्ती मनायो

 

 
लण्डन  । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र हिज होलिनेश रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा २५६५ औं बुद्ध जयन्ती मनाएको छ । वर्तमान महामारीको अवस्थालाई ध्यानमा राखी भर्चुयल रुपमा गत बुधबार २६ मे का दिन मनाइएको हो ।

भुटानबाट जुममार्फत जोडिनुभएका बिशेष अतिथि हिज होलिनेश रिन्पोछेले ओम मुनी मुनी मुनिया स्वहा, ओम मने पद्यमे हुँ, ओम आ हुँ, ओम बज्र गुरु पद्यम सिद्धि हुँ, ओम आमी दोवारी, ओम तारे तु तारे तुरे स्वहाँ, ओ भैषजे, भैषजे, महा भैषजे, राजा समुद्गते स्वहा, ओम अरापचन धि, ओम गाते गाते पारागाते, पारा समुद् गते बौद्धिय स्वहा, ओम बज्रसत्य हुँ, ओम आमा रानी जीवनदाये स्वहा, ओम जम्बला जलन्द्रीय स्वहा लगायतका मन्त्रहरु लुङ्ग (आगम) र प्रवचन (फोर शील) प्रदान गरेका थिए । त्यस्तै, उक्त बुद्ध जयन्तीको औपचारिक कार्यक्रम भन्दा अवागै बिसीसी युके अल्डरसट गुम्बाका टुल्कु रिन्पोछे र खेन्पो कुन्ख्यापले  शाक्यमुनी बुद्धको पूजा र आयु पूजा गरेका थिए ।

बेलायत, चीन, हङ्गकङ्ग, युरोप लगायतका देशहरुबाट विभिन्न धर्म गुरुहरु तथा भक्तजनहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त भर्चुयल कार्यक्रममा बेलायतस्थित  विभिन्न नेपाली संघसंस्थाका प्रनिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्य, आमा समूह, ट्रष्टीज, सल्लाहकार, आजीवन सदस्य, भक्तजन एवं शुभचिन्तकहरुहरु सहभागी भएका थिए ।

बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा  बिसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले स्वागत मन्तब्य दिएका थिए  भने अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बिशेष अतिथि हिज होलिनेश रब्जम रिन्पोछे,  बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, डा. सुनिल, एनआरएनए अध्यक्ष पुनम गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । नेपाली राजदूतावास लण्डनबाट जुममार्फत शुभकामना मन्तब्य राखे लगतै  राजदूत रेग्मी, उपनियोग प्रमुख रोशन खनाल, मेलिटरी एट्यासी, थर्ड सेक्रेटरी लगायत दुूतावास कर्मचारी बिसीसी गुम्बा पुगेर बुद्ध दर्शन संगसंगै दिपप्रज्ज्वलन गरेका थिए ।

दोस्रो चरणको कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरुहरुबाट टशी घेपा मंगल पाठ वाचन गरेका थिए ।  त्यस्तै, बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले हिज होलिनेश रब्जम रिन्पोछेको जीवनी, उपाध्यक्ष आङ्ग दावा शेर्पाले स्वागत मन्तब्य, सल्लाहकार जंगबहादुर गुरुङ लगायतले रिन्पोछेको लामो आयुको प्रार्थना गर्ने, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ र संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले मण्डला चढाएका थिए   । त्यस्तै, उक्त चढाएको मण्डलालाई खेन्पो थुप्तेनले जुममार्फत हस्तान्तरण गरेका थिए ।

बिसीसी युकेका उपाध्यक्ष आङ्ग दावा शेर्पाको संयोजकत्वमा आयोजना गरिएको  कार्यक्रममा उपाध्यक्ष रोबिन गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा जुममार्फत करीब ७०० जना भन्दा बढीको सहभागिता रहेको थियो भने धेरैजनाले बिसीसी युकेको फेसबुक लाईभ समेत हेरेका थिए ।

Back To Top
error: Content is protected !!