skip to Main Content
01252 338765

अक्सिजन कन्सन्ट्रेटरका लागि बिसीसी युकेद्वारा १५ हजार सहयोग

अक्सिजन कन्सन्ट्रेटरका लागि बिसीसी युकेद्वारा १५ हजार सहयोग

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि एनआरएनए युकेलाई १५ हजार पाउण्ड हस्तान्तरण गरेको छ । पछिल्लो समय नेपालमा कोरोना भाईरसको न्यू भेरियन्टले संक्रमण बढाएको र अक्सिजन अभावका कारण थुप्रैले ज्यान गुमाउन थाले पछि बिसीसी युकेले अक्सिजन कन्सन्ट्रेटर खरीदमा सहयोग गर्ने निर्णयानुसार गत बुधबार बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले करीब २१ वटा अक्सिजन कन्सन्ट्रेटरका खरीदका लागि एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङलाई १५ हजार पाउण्डको चेक हस्तान्तरण गरेको हो ।

बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा आयोजित कार्यक्रममा बिसीसी युकेका अध्यक्ष तामाङ्गले पछिल्लो समय नेपाल लगायतका देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्टले संक्रमण बढाएको, अक्सिजनको अभावका कारण थुप्रैजनाले ज्यान गुमाइरहेको स्मरण गरे । साथै, उनले एनआरएनए युकेसंग सहकार्य गरी थोरै भए पनि अक्सिजन कन्सन्ट्रेटेर खरीदका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै पठाएको रकममा सही ठाउँमा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले एनआरएनए युकेले २०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने योजना बनाएको भएता पनि अहिले १०० वटा मात्रै अर्डर भएको बताईन् । साथै, उनले बिसीसी युके एउटा धार्मिक संस्था भएता पनि यति ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन् ।

नेपालमा अक्सिजन अभावका कारण थुप्रै बिरामीहरुले अकालमा ज्यान गुमाउन थाले पछि गतप्ता बिसीसी युकेको बैठक बसी तत्काल अक्सिजन कन्सन्ट्रेटर खरीद गरी नेपाल पठाउने निर्णय भए लगातै बिसीसी युकेका ट्रष्टी डा. कपिल रिजालले ३००० हजार पाउण्ड सहयोग प्रदान गरेका थिए । त्यस्तै बिसीसी युकेका अध्यक्ष लगायत कार्यसमिति, आमा समूह, सल्लाहकार, लाईफ मेम्बर, ट्रष्ट्रिज, शुभचिन्तक लगायतले रकम सहयोग गरिरहेको बिसीसी यु्केले जनाए ।

कार्यक्रममा बिसीसी युकेका धर्म गुरु टुल्कु रिन्पोछे, खेन्पो खेकुन्ख्याप, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, बिसीसी युकेकी आमा अध्यक्ष उर्मिला गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, महासचिव क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, पब्लिक रिलेशन अफिसर मेजर खिम गौचन, आमा समूहकी सल्लाहकार थोसमाया गुरुङ, एनआरएनए युकेका सदस्य हेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस्, बिसीसी युकेले सन् २०१५ को भूकम्प लगायतको विपत्तीमा सक्दो सहयोग गर्दै आएको छ ।

Back To Top
error: Content is protected !!