skip to Main Content
01252 338765

बिसीसी युकेमा वृहत पूजा आयोजना

बिसीसी युकेमा वृहत पूजा आयोजना

लण्डन । बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेको ६१ औं जन्म दिवसको पावन अवसरमा विश्वभर छरिएर रहेका खेन्चे रिन्पोछेका शुभचिन्तक तथा भक्तजनहरुले उहाँको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ सिद्विको श्रोत (भिमालाडुब) साधना विधिद्वारा एक लाख गणचक्रको पुजा (भुमछोक) गर्ने भएको छ । वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको गुम्बामा उक्त पूजा गर्न लागिएको हो । १९ डिसेम्बर देखि २१ डिसेम्बरसम्म आयोजना गर्न लागिएको पूजालाई बिसीसी युकेले फेसबुक लाईभ गर्ने बताइएको छ ।


यसै बर्ष देखि गुरु खेन्चे रिन्पोछे ६१ औं बर्षमा प्रवेश संगसंगै उहाँको नयाँ ल्हो आउने भएको हुँदा आउँदो दिनहरुमा उहाँको जीवनमा कुनै पनि वाधाहरु नआओस् भन्ने उद्देश्यले पनि उक्त पूजाको आयोजना गरिएको आयोजकले जनाए ।
उक्त ३ दिनसम्म चल्ने पूजामा फ्रान्स, ईटली, स्पेन, जर्मन, होल्याण्ड, पोल्याण्ड, ग्रीस, रसिया, सिंगापुर, बेलायत लगायत विभिन्न देशमा रहेका उहाँका शुभचिन्तक तथा भक्तजनहरुले भर्चुयल जुममार्फत पुजापाठ गर्ने छन् ।
भुटानमा जन्मिएका खेन्चे रिन्पोछेले ७ बर्षको उमेर देखि सिक्किमको तत्कालिन राजदरवारमा बसेर अध्ययन गरेका थिए भने पछि राजपुरस्थित शाक्य कलेज र युनिभर्सिटी अफ लण्डनमा समेत अध्ययन गरे । भारतको हिमाचल प्रदेशको बीर, इष्ट तिब्बत र इष्ट भुटानमा उहाँको बौद्ध अध्ययन केन्द्र स्थापना गरेका छन् । जहाँ थुप्रै विद्यार्थीहरु अध्ययनरत छन् । हाल ताईवानमा अध्यापनका लागि रहेका रिन्पोछेले आउँदो २६ र २७ डिसेम्बरका दिन विपसना मेडिटेशन गराउदै हुनुहुन्छ भने सो विपसनाको बिसीसी युकेका खेन्पो गुरुले अनुवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
थुप्रै चलचित्रको लेखन तथा निर्देशन समेत गरिसकेका रिन्पोछेका ४ वटा चलचित्रले अवार्ड पाईसकेका छन् ।

Back To Top
error: Content is protected !!