skip to Main Content
01252 338765 info@bccuk.org

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अनुराेध

  • News
बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अनुराेध

सम्पूर्ण भक्तजनहरुमा नमस्कार ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको हालै बसेको आकस्मिक बैठकले बेलायत सरकारद्वारा  5 Nov-2 Dec, 2020 सम्म  घोषणा गरेको लकडाउन अवधिभर निम्न बमोजिम सेवाहरु प्रदान गर्ने निर्णय गरेको छ ।

१. अन्त्येष्टी अनि सो संग सम्बन्धित पुजाहरु जस्तै, घेवा, ३ दिनको भात दिने, तुंडा, ७/७ दिन को बत्ति बाल्ने अनि बर्ष दिनको बत्ति बाल्ने कार्यक्रमको लागि मात्र गुम्बा खोलिने छ । अन्त्येष्टीको लागि बढीमा २० जना र अन्य पूजाको लागि बढीमा १० जना मात्र सहभागी हुन पाउने छ ।
२. यदी तपाईले यस लकडाउन भित्र अन्य पूजाहरु जस्तै तारा पुजा, घ्याब्शी पुजा, आयु लगायतका पुजाहरु पूजा बुक गरिसक्नु भएको छ भने उक्त पूजा गुम्बामा आई पूजा गर्न पाउनु हुने छैन तर अनलाईन प्रविधि (जुम, भाईवर, म्यासेन्जर, वात्सप) द्वारा गर्न सक्नु हुनेछ । त्यसका लागि गुम्बा प्रबन्धकलाई सम्पर्क गरी आवश्यक समय मिलाउनु पर्ने छ ।
३. माथि १ नम्बर मा उल्लेख गरिएको पुजाहरु बाहेक अन्य काम जस्तै गुम्बा अनि गुरु दर्शन अनि ध्यान साधनाको लागि भनि गुम्बामा नगई दिनहुनका लागि गुम्बा परिवार अनुरोध गर्दछ । यस अवधिभर गुम्बा प्रबन्धक, पुजा सहयोगीहरु बाहेक अन्य स्वयंसेवकहरु पनि कृपया नआइदिनु होला ।
४. लामा गुरुहरुलाई कुनै पनि कार्यक्रममा बाहिर लैजान पाउनु हुने छैन यो नियम अन्त्येष्टीमा पनि लागु हुने छ ।
५. प्रसाद अनि चडाउने खानेकुरा बाहेक अन्य खाद्यबस्तुहरु गुम्बा भित्र ल्याउननाही छ । यो कुरा पटक पटक दोहो¥याएका छौं तर पनि कतिपय भक्तजनहरुले यसलाई वास्ता नगरी ल्याएको सुन्नमा आएको छ सो कृपया यसलाई मध्यनजर राख्नु होला ।

कृपया माथि उल्लेख गरिएका नियमहरु सबैले पालना गरौं र अरुलाई पनि पालना गराऔं । गुम्बा भित्र सामाजिक दुरी कायम गरौं अनि फेस मास्कको प्रयोग गरौं । यदि कसैले यी नियमहरु पालना नगरे गर्नका लागि अनुरोध गरौं । सरकारको नियमलाई पूर्ण रुपमा पालना गरी आफु , आफन्तजन, गुम्बा भित्र रहेका गुरुहरु, स्वंयसेवक तथा कर्मचारी लगायतलाई संक्रमणबाट जोगाऔं । जसले गर्दा गुम्बा खुल्ला रहोस्, अनि सबैले यसको फाइदा लिन सकुन् ।

सबै सुरक्षित रहनुहोस् ।
जय बुद्ध ।
गुम्बा परिवार

Back To Top
error: Content is protected !!