skip to Main Content
01252 338765 info@bccuk.org

बि सी सी युकेको अत्यन्त जरुरी सुचना

  • News
बि सी सी युकेको अत्यन्त  जरुरी सुचना

सम्पूर्ण भक्तजनहरुमा नमस्कार,

कोरोना भाईरसका कारण लामो समय देखि बन्द रहेको बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले गत महिना देखि गुम्बा संचालनमा ल्याएको छ । हालै सरकारले जारी गरेको नियम भित्र रहेर बैबाहिक र अन्त्येष्टी कार्यक्रम र अति आवश्यक पितृ कार्य तथा पूजा पाठका लागि मात्र गुम्बा खुल्ला गरिएको छ । बि सी सी युकेले  सम्पूर्ण भक्तजनहरुको ध्यानलाई  मध्ये नजर राख्दै यहि १ अक्टोबर २०२० बाट गुम्बामा निम्न  बमिजिमको नियम र शुल्कहरु  परिवर्तन गरिएको छ ।

पुजाहरुमा यी तल का दस्तुर हरु लाग्ने छl

१. घेवा (अर्घौं) – £१५०

२. अन्त्येस्ठी  – £१५०

३. टुण्टा (७/१४/२१/२८/३५/४२/४९ दिने) –  £५०

४. शुभ  बिवाह  – £१००

५. तारा पुजा  – £५०

६. घ्याब्शी पुजा (ग्रह काट्ने)  –  £१००

७. पुजाको लागि गुरुलाइ घर लागे बापत – £५०

 

अरु पुजा हरु का लागि दस्तुर लाग्ने छैन तर दान दिन चाहनु हुन्छ भने गुम्बा प्रबन्धक लाइ सम्पर्क गर्नु होला वा दान पेटिकामा जम्मा गरि दिनु होला।

 

याद गर्नु पर्ने कुरा हरु:

१. बूकिंग गरेको समय भन्दा १५ मिनट अघि आइ पुग्नु पर्ने छ अनि कार्यक्रम सकिन साथ् गुम्बा परिसारबाट बाहिर निस्कनु पर्ने छ।

२. प्रशाद बाहेक अन्य कुनै पनि खानेकुरा (चडाउने बाहेक)अन्य खानेकुराहरु  गुम्बा परिसार भित्र न ल्याउनु होला। बाहिर बाट ल्याएका कुनै पनि खानेकुरा हरु गुम्बा परिशर भित्र खान मनाही छ।  संक्रमित काल सकिए पछि फेरी सरकारको आदेश अनुसार कुनै नियमहरु  फेर बदल भएमा पुन नया सुचना जारि गर्ने छौ ।

३. गुम्बा परिसार भित्र तोकिएको सख्या (२० जना अन्त्येस्ठी वा सो संग सम्बन्धित, १० जना बिवाह अनि अन्य पुजा को लागि ६ जना मात्र) लाइ मात्र प्रवेश दिने छ।

४. घरको पुजाको लागि एक जना गुरु मात्र लान पाउने छ तर यदि गुम्बा मा ३ जना गुरु भएमा दुइ जना सम्म आज्ञा दिने छ।

५. गुम्बाले अनि सरकारले जारि गरिएका नियम हरुको पालना गर्न सबैमा अनुरोध गर्दछौं, अनि आफु पनि बचौं अनि अरु लाइ पनि बचाउँ।

Back To Top
error: Content is protected !!