skip to Main Content
01252 338765 info@bccuk.org

बिसीसी गुम्बा संचालनमा

  • News
बिसीसी गुम्बा संचालनमा

बिसीसी युके, अल्डरसट । कोरोना भाईरसका कारण लामो समय देखि बन्द रहेको बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले गत महिना देखि गुम्बा संचालनमा ल्याएको छ । हालै सरकारले जारी गरेको नियम भित्र रहेर बैबाहिक र अन्त्येष्टी कार्यक्रम र अति आवश्यक पितृ कार्य तथा पूजा पाठका लागि मात्र गुम्बा खुल्ला गरिएको बिसीसी युकेले जनाएको छ ।

बैबाहिक र अन्त्येष्टी कार्यक्रमका लागि बढीमा ३० जना भन्दा सहभागी हुन नपाउने र सो भन्दा बढी सहभागी भएमा गैरकानुनी मानिने बेलायत सरकारले घोषणा गरे अनुसार गुम्बाले कुनै पनि धार्मिक पूजापाठका लागि बढीमा २० जनालाई मात्र प्रवेश गर्न अनुमति दिने जनाएको छ ।

धार्मिक पूजापाठ सम्पन्न गर्नका लागि धर्म गुरु, गुम्बाका कर्मचारी र स्वयंसेवकहरु समेत आवश्यक पर्ने भएको हुँदा २० जनालाई मात्र प्रवेश गर्न दिइएको बिसीसी युकेका अध्यक्ष नरेश गुरुङ बताउँछन् । त्यस्तै, गुम्बा दर्शनका लागि भने एउटै घर परिवार वा बबलमा भएकामा बढीमा ६ जना सम्मलाई दर्शन गर्न दिईने जनाईएको छ । साथै, उनले अहिलेको परिस्थितिलाई बुझेर सकभर कम सहभागी जनाई अहिले विश्वभर फैलिएको कोभिड–१९ बाट आफू पनि जोखिन र अरुलाई पनि जोगाउन अनुरोध गरे ।

साथै, उनले कुनै पनि समय गुम्बा भित्र बढीमा २० जना भन्दा बढी प्रवेश नगर्न, एकै परिवार वा बबलका ६ जनाको भन्दा बाहेक एउटै समूहमा नबस्न, अनिवार्य रुपमा सबैले मास्क लगाउन, कम्तिको २ मिटरको दुरीको फरकमा बसी सामाजिक दुरीलाई इमान्दारितापूर्वक निभाउन, गुम्बा प्रवेश गर्दा सबै सहभागीहरुको प्रवेशद्वारमा राखिएको पुस्तिकामा आफ्नो नाम र फोन नम्बर अनिवार्य रुपमा दर्ता गर्न, बारम्बार ह्याण्ड सेनिटाईजर प्रयोग गरिरहन, गुम्बा परिसर भित्रको कुनै पनि सामानहरु नछुन, एकपटकमा दुइ जनाले भन्दा बढीले शौचालय प्रयोग नगर्न, गुम्बाले स्यानिटाईजर गरेर राखेको निर्धारित कुर्चिमा मात्र बस्न, गुम्बा भित्र रहेको कुनै पनि कुसुनको प्रयोग नगर्न, आफुले घरबाट ल्याएको चढाउने सामान बाहेक सबै सामाग्रीहरु आफूसंगै लैजान, पानी बाहेक खाना वा खाजा नखान र पुजा सकिए पछि सबै जना निर्देशित बाटोबाट बाहिरिन समेत अनुरोध गरेका छन् । साथै, उनले गुम्बामा प्रवेश गर्न भन्दा पहिला फोन सम्पर्क गरी समय लिनु पर्ने जनाउने फोन सम्पर्क गरी आउन समेत अनुरोध गरे । अध्यक्ष गुरुङले ‘यो गुम्बा हामी सबैको सुबिधाको लागि भएको हुँदा अहिलेको वर्तमान परिस्थितिलाई बुझी सरकारले जारी गरेको नियमलाई पूर्ण रुपमा पालना गरिदिनहुन गुम्बा परिवार हार्दिक अनुरोध गर्दछ’ भने ।

सन् २००७ सालमा स्थापना भएको बिसीसी युकेको आप्mनै भवन खरीद गरी बिगत केही बर्ष देखि दैनिक पूजापाठका लागि भक्तजनहरुलाई सेवा प्रदान गर्दै आएकोमा कोभिड–१९ का कारण गत मार्च देखि बन्द भएको थियो । पछिल्लो समय सरकारले केहि नियमहरु पालना गरी धार्मिक स्थलमा पूजापाठ गर्न सकिने जनाइए अनुसार बिसीसी युकेले अति आवश्यक धार्मिक पूजापाठहरु मात्र संचालन गर्दै आएको छ ।

Back To Top
error: Content is protected !!