skip to Main Content
01252 338765 info@bccuk.org

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा सर्यो

  • News
बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा सर्यो

बिसीसी युके । विश्वभर फैलिएको कोरोना भाईरसका कारण बुद्धिष्ट कम्युनिटी सेन्टर  (बिसीसी) युकेको साधारणसभा सरेको छ । आउने १९ सेप्टेम्बरका दिन नयाँ कार्यसमिति चयन सहित हुन लागेको साधारणसभा वर्तमान परिस्थितिलाई मध्यनजर राख्दै आगामी १६ जनवरी २०२१ का दिन सारिएको हो । तर, यस बीच परिस्थिति सहज बन्दै गएको अवस्थामा सो मिति भन्दा अघि पनि साधारणसभा गर्न सकिने कार्यसमितिको बैठकले निर्णय गरेको छ ।

सन् २००७ मा स्थापना भएको बुद्धिष्ट कम्युनिटी सेन्टर युके नेपालीहरुमा बाक्लो बसोबास रहेको अल्डरसटमा आफ्नै भवनमा गुम्बा संचालन गरी भक्तजनहरुको सेवामा जुट्दै आएको छ । बेलायतको च्यारिटी कमिशनमा समेत दर्ता भएको संस्थाले धार्मिक संगसंग थुप्रै परोपकारी कार्यहरु समेत गर्दै आएको छ ।

Back To Top
error: Content is protected !!