बिसीसी युकेले फ्रेम्ली पार्क अस्पताललाई ११०० पाउण्ड सहयोग

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले फ्रेम्ली पार्क अस्पताललाई एघार सय पाउण्ड आर्थिक सहयोग गरेको छ । २६ जुलाईका आइतबारका दिन बिसीसी युकेका अध्यक्ष नरेश गुरुङले नेश्नल हेल्थ सर्भिस (एन.एच.एस) फ्रेम्ली पार्क अस्पतालका फण्ड मेनेजर किथ हेन्कलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
कोभिड–१९ को महामारीको अवस्थामा पनि कतिपनि बिचलित नभई फ्रन्टलाईनमा रहेर अहोरात्र खटिएका डाक्टर, नर्स लगायत स्वास्थकर्मीहरुको सहयोगका लागि फ्रेम्ली पार्क अस्पतालमा स्थापना गरिएको फ्रेम्ली हेल्थ च्यारिटीलाई उक्त रकम सहयोग गरिएको हो ।
बिसीसी युकेको आज २६ जुलाईका आइतबारका दिन बसेको बैठकले नया कार्य समिति चयनको लागि निर्बाचन मण्डल चयन गरेको छ । हरेक दुइ वर्षामा हुने महाअधिबेशन आगामी १९ सेप्टेम्बर २०२० मा गर्ने तयारी गरिरकेहो छ तथा नया कार्य समिति चयनको लागि निर्बाचन मण्डलमा प्रमुख निर्बाचन आयुक्तमा मेजर खुशिमान गुरुङ, सस्थापक अध्यक्ष्य काजी शेर्पा र सल्लहाकार डा कपिल रिजाल चयन भएको छ।
उपाध्यक्ष्य तथा प्रोजेक्ट मेनेजर हर्क गुरुङले गुम्बाको को निर्माण कार्यहरु लगभग सकी सकेको जानकारी दिनु भयो । गुम्बाको लागि एकजना मेनेजरआवश्यक परेको हुदा गत महिना बाट छनोट प्रक्रिया बाट आबेदन खुल्ला गरिएको थियो अब केहि दिनमा नै उक्त निवेदक हरुलाई अन्तबार्ता गरिने भएको छ
बिसीसी गुम्बा अल्डरसटमा सम्पन्न चेक हस्तान्तरण कार्यक्रममा बिसीसी युकेका संस्थापक अध्यक्ष ले. काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, उपाध्यक्ष धर्म तामाङ्ग, उपाध्यक्ष दावा शेर्पा, उपाध्यक्ष हर्क गुरुङ, महासचिव रबिन गुरुङ, धर्मगुरु खेन्पो निङ्मासिङ्गे मगर, बिसीसी युके आमा समूहकी अध्यक्ष पुष्पा गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, निवर्तमान अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतको अन्य सदस्य ज्यु हरुको पनि बिशेष उपस्थिति रहेको थियो ।
बिसीसी युकेको अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा बसेको आजको बैठक महासचिव रबिनगुरुङले कार्यक्रम संचालन गरेका थियो ।