skip to Main Content
01252 338765

BCCUK को  Spritual Leader  खेन्पो गुरु संग अन्तरसंवाद- आश बहादुर गुरुङ

  • News
BCCUK को  Spritual Leader  खेन्पो गुरु संग अन्तरसंवाद- आश बहादुर गुरुङ

BCCUK को  Spritual Leader  खेन्पो गुरु संग अन्तरसंवाद- आश बहादुर गुरुङ

बौद्ध धर्ममा खेन्पो अर्थात् विद्यावारिधि हासील गरेका धर्म गुरुको बिशेष महत्व रहेको हुन्छ । नेपालका धेरैजसो बौद्ध गुम्बाहरुमा धर्म गुरुको रुपमा खेन्पोहरु रहेका हुन्छन् । पछिल्लो समय बौद्ध शिक्षाको बिकासमा खेन्पोहरुले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । तिनै खेन्पोहरु मध्येका एक हुन्, टाशिदेलेक खेन्पो गुरु । डोल्पामा जन्मिएका टाशिदेलेक खेन्पोले चार पााच वर्षकै कलिलो उमेरबाट नै बौद्ध शिक्षाको पठनपाठन गर्ने अवसर प्राप्त गरे । सानै उमेर देखि बौद्ध संस्कारमा हुर्किएका टाशिदेलेक संग बौद्ध दर्शन र यसको महत्वबारे सम्पादक मण्डलले गरेको कुराकानी ।

१. टाशिदेलेक खेन्पो गुरु, हुन त तपाईलाई नचिनेको व्यक्तिहरु कमै होला तर पनि छोटकरीमा हजुर पारिवारिक पृष्टभूमिका साथ आफ्नो परिचय दिनुहोस् न कहाा, कहिले जन्मिनुभयो, पढाई कहाा कहाा कसरी भयो?
सर्व प्रथम मेरो अन्तरवार्ताको लागि धन्यवाद ।
मेरो जन्म कर्णाली प्रदेश डोल्पा जिल्ला छार्का ता·स्योङग गाउा पालिका वडा नं. ६ स्थित शेरी हूंट्राम लाबराङमा बौद्धलामाकुलवंश परंपरामा भएको हो । बौद्ध लामाको सन्तान भएकोले पूर्खाको वंशपरम्परा निरन्तरता दिनको लागि लामाको दर सन्तानहरूलाई गुम्बा शिक्षा अर्थात बुद्ध दर्शनको ज्ञान दिनु अनिवार्य शर्त एवं परम्परागत बौद्ध संस्कृती भएकोले चार पााच वर्षकै कलिलो उमेर देखी बाजे तथा बराजुको छत्रछाायामा बौद्ध शिक्षाको पठन पाठन गर्ने सुअवसर मिलेको थियो । मेरो कुलवंश परम्परा प्राचीन ञ्यीङमा परम्परा भएको र काठमाण्डाौ बौद्ध स्थित शेक्षेन गुम्बाको प्रमुख गुरू श्रद्धेय परम् पावन दिल्गो ख्येन्चे रिन्पोक्षेज्यू पनि ञ्यीङमा परम्परा भएकोले मलाई मेरो अभिभावकले उक्त गुम्बामा नौ वर्षको उमेरमा भर्ना गराउनु भएको हो । त्यहाा १८ वर्ष रही बौद्ध शिक्षाको सम्पूर्ण विधामा शिक्षा हासिल गरी अन्तत खेन्पो (विद्यावारिधि) उपाध्यायको गद्दी आरोहण गरी उक्त पदवी प्राप्त गरियो ।

२. डोल्पा देखि काठमाण्डूसम्मको पहिलो यात्रालाई कसरी सम्झनुहुन्छ, कस्तो थियो त्यो अनुभव?
जुन बेला म आठ वर्षको थिएा मेरो कान्छा मामा श्री नोर्भु घलेज्यू सपरिवार काठमाण्डौामा बस्दै आउानु भएको थियो । उहाा वर्षमा एक पटक काम विशेषले गाउा आउानु हुन्थ्यो । गाउाबाट काठमाण्डौ फर्कने क्रममा मामा हाम्रो घरमा आउानु भयो । घर सल्लाह अनुसार पुर्खाको वंशपरम्परालाई निरन्तरता दिनको लागि माहीला दाजु गुरू से नाम्खा दोर्जे रिन्पोक्षेलाई मामासागै बौद्ध शिक्षाको लागि काठमाण्डौा फर्पिङ स्थित झाटुल रिम्पोछेको गुम्बामा जाने कुरा सुने पछि मलाई पनि असाध्यै जान मन लाग्यो । मैले पनि जानको लागि आमा बाबासाग अनुरोध गरें तर मान्नु भएन । त्यसको दुई दिन पछि दाजु र मामा काठमाण्डौ जाने थाहाा पाएा र मैले कसैलाई थाहाा नदिई मामाको झोला बोकेर तेरा· गाउा हुादै मुकोट गाउा पुगें । मुकोट गाउा पुगेको केही समय पछि गाउाबाट खोज्ने मानिस आई मलाई फकाएर घर्‍या· गाउातिर लगियो । उक्त गाउामा मेरो बाबा आएर मैले नमान्दा नमान्दै फकाएर घर लैजानु भयो । घरमा गएर पनि मेरो जिद्दि देखेर बल्ल तल्ल मामा र आमाबाबाको सल्लाहामा गुम्बा शिक्षाको साटो स्कूल पढाउानको लागि मलाई काठमाण्डौ पठाउान राजी हुनु भयो । त्यस पछि पिङडीङ गाउा र कागकोट हुादै ताराकोट पुगियो । ताराकोटमा इष्टमित्र नाईका बुढाको घरमा केही चल्ला डोकोले छोपेर राखेको थियो म र मेरो दाईले खेल्ने क्रममा ती चल्लाहरू डोकोबाट निकाल्दै छोप्दै गर्दा केही चल्ला डोकोले थिचिएर मरेछन् । अब घर मुलीले गाली गर्ने हुन् कि भनेर ती मरेको चल्लालाई Çयााक्दा आकाशबाटै चिलले समातेर लग्यो । त्यसबेला आÇनो मनमा जीवन अनित्य रहेछ भन्ने बुझें । भोलि पल्ट सदरमुकाम दुनै पुगें त्यहाा ठूली भेरी नदीको तीरमा खेल्ने क्रममा दाजु भाईको झगडा भयो अनि मैले रिसको झोंकमा दाईको जुत्ता टिपेर नदीमा फालिदिएा । त्यस पछि मामाले दाईको लागि बजारमा जुत्ता किन्न खोज्दा दाईलाई मिल्ने जुत्ता पाईएन । त्यस पछि जुफालको विमान स्थलसम्म मैले २ घण्टाको बाटो खाली खुट्टा हिड्नु पर्‍यो जुन कुरा सम्झादा आज पनि मलाई रमाईलो लाग्छ । भोली पल्ट नेपालगञ्ज ओर्लियो नुहाई धुवाई गरेर खाना पिना गर्‍यौा । हामीलाई मामाले खेततिर नजानु सर्पको कााडा गाडिएला चोटपटक लाग्ला भनेर सम्झाउानु भयो तर हामी के मान्थ्यौं । मामा कपडा धुने क्रममा हामी चैं खेत तिरै गयौं नभन्दै मेरो खुट्टामा एउटा कााडा बिज्यो । त्यसपछि सााझमा बसबाट काठमाण्डौ तिर लाग्यौं । उक्त कााडाको बिजाई पीडादायी थियो । त्यसको कारण खुट्टामा संक्रमण भएर खुट्टा सुन्निएर एक महिना सम्म थला परें । चल्ला मारेको पापको प्रतिफल पाए झैं लाग्यो । यसरी मेरो त्यति बेलाको यात्रालाई हेर्दा जहाा इच्छा त्यहाा उपाय भने झैं मानिसमा प्रवल इच्छा शक्ति भए चाहेको कुरा प्राप्त गर्न सकिादो रहेछ र अरुलाई हिासा गरे त्यसको प्रतिफल तुरुन्त पाउादो रहेछ भन्ने कुरा मेरो जीवनमा चरितार्थ भयो।

३. वौद्ध दर्शन अध्ययन गर्ने आफ्नै रुचि हो कि अभिभावकहरुको रुचिको पढ्नु भयो? शेचेन (रातो) गुम्बामा पढ्न जानु संयोग मात्र थियो या कुनै बिशेष कारण पनि ?
अभिभावकको रूची चाहिं मलाई आधुनिक शिक्षा हासिल गराई गाउा समाजको सेवामा लगाउाने उद्देश्य थियो । त्यसैले मलाई स्कूल अध्ययनको लागि काठमाण्डौ पठाउानु भएको थियो । म काठमाडौामा पुगे पछि मामाको घरमा बसेर श्री मंगलदीप हाईस्कूलमा एक वर्ष अध्ययन गरें । उक्त समयमा मलाई भेट्न मेरो दाजु तथा वहााका लामा साथी गुरूहरू आउादा मलाई पनि स्कुल भन्दा दाजु जस्तै सम्मानजनक तथा शान्त वातावरणमा गुम्बा शिक्षा पढ्ने ईच्छा जाग्यो । हिउादको बेला आमा बाबा काठमाण्डौ आउनु भएको समयमा उक्त कुरा वहााहरू समक्ष राखें । बाबाआमा र मामाको सल्लाहले मलाई शेक्षेन गुम्बामा भर्ना गर्ने निर्णय पश्चात प्राचिन ञ्यिङ्मा परम्पराको प्रमुख गुरू परम् पावन दिल्गो ख्येन्चे रिन्पोछेको दर्शन गरियो । मेरो जोखाना हेर्नु हुादै रिन्पोछेले यो बालक मलाई काम लाग्ने छ भनेर हप्तादिन भित्रै लिएर आउानु भन्नु भयो । त्यस पछि म उक्त गुम्बामा भर्ना भएर बौद्ध दर्शन अध्ययन गर्ने सुअवसर मिल्यो । मेरो र अभिभावकको रूचि भन्दा पनि मैले पूर्व जन्महरूमा आर्जन गरेको पुण्यको फल र गुरूको आशीर्वाद आदिले गर्दा यो सुवर्ण अवसर मिलेको महसूस गर्छु । किनकि बुद्ध धर्ममा कर्म र कर्मको फलको भूमिका प्रमुख हुन्छ । मेरो र अभिभावकको रूची सहायक मात्र हो ।

४. भर्नाभए देखि अन्तिम सम्मनै त्यही शेचेनमा मात्रै पढ्नु भयो कि अरु अरु गुम्बामा पनि पढ्नु भयो? कति बर्षमा सिध्याउनु भयो पढाई?
मेरो सम्पूर्ण अध्ययन उक्त शेक्षेन गुम्बामा नै गुरूकुल परम्पराका साथै आधुनिक गुम्बा शिक्षा प्रणाली अनुरुप भयो । अरू विशेष दीक्षा तथा उपदेश लिने क्रममा भने परम् पूज्यनीय गुरुवर्ग ठुल्शीक रिन्पोक्षे, पेनोर रिन्पोक्षे, ताक्लुङ चेटुल रिन्पोक्षे, धोढुपक्षेन रिन्पोक्षे, याङ्थाङ रिन्पोक्षे, ख्येनक्षेन पद्मशेराव रिन्पोक्षे, गार्क्षेन रिन्पोक्षे, आरिक ख्येनक्षेन पेछे रिन्पोक्षे, लामा छिमे रिन्पोक्षे आदिद्वारा दिक्षित भएा । उक्त गोन्पामा अठार वर्ष लामो अथक प्रयत्नका साथ अध्ययन र अध्यापन कार्यलाई निरन्तरता दिई अन्तत: विद्यापारधि (खेन्पो) उपाधि हासिल गरें ।

५. लामा अथवा वौद्ध भिक्षुहरुको तह, पद उनीहरुको शैक्षिक योग्यता, अनुभव या साधनाको आधारमा कति तहमा बााडिएका हुन्छन् र ति के के हुन् र कसरी छुट्टयाइन्छ प्रष्ट पारी दिनु होस् न?

बौद्ध लामा गुरूहरूको शैक्षिक योग्यता र साधना अनुभवको आधारमा आ–आÇनो परम्परा अनुसार फरक फरक श्रेणी/तह र वर्ग विभक्त हुन्छ । सामान्यतया २ वर्ग हुन्छ । १) प्रवजित (भिक्षु, भिक्षुणी) र २) ङाक्पा (तान्त्रिक योगी) । शैक्षिक योग्यताको आधारमा ४ श्रेणी/तह हुन्छन् । १) उमा राब्जाम (स्नातक) २) फाक्र्षिन राब्जाम (शास्त्री) ३) लोपन राब्जाम (स्नातकोत्तर/आचार्य) र ४) बुमरामपा (खेन्पो /विद्यावारिधी/पि.एच.डी) । कुनै लामाहरु चैं औपचारिक उच्च शिक्षा कक्षागत प्रचलन नभएको अवस्थामा परम्परागत गुरूकुल शिक्षाको माध्यमबाट ध्यान साधना गरेर उच्च अवस्थाको लामा पदवी प्राप्त गर्नेहरु पनि हुन्छन् । जस्तो कि महा योगीराज झ्येचुन मिलारेपा कक्षागत शिक्षा बिना नै हिमाली क्षेत्रका लामा जगतमा सबभन्दा उत्तम गुरु योगीराजको रुपमा कहलियो ।

६. कुनै व्यक्ति वौद्ध दर्शन अध्ययन गर्छु भन्दछ भने कति कति बर्षको पाठ्यक्रम (कोर्स) हुन्छ, कि जति जे बिषय पढ्न मन लाग्यो पढ्न मिल्छ?
प्राचिन र आधुनिक दुई किसिमबाट अध्ययन गर्न सकिन्छ । प्राचिन बौद्ध शिक्षामा कक्षा/श्रेणी नभई गुरुकुल परम्परा प्रणाली अनुसारको शिक्षा दिइन्छ भने आधुनिक बौद्ध शिक्षा प्रणालीमा कक्षागत पठनपाठनद्वारा १७ वर्षको अवधीमा स्नातकोत्तर गर्न सकिन्छ । साथै कुनै व्यक्ति आधुनिक शिक्षामा स्नातक गरेको भए ४/५ वर्षमा बौद्धको स्नातकोत्तर डिग्री प्राप्त गर्न सकिन्छ ।

७. गुगलको तथ्यांङ्क अनुसार नेपालमा १२०० जति गुम्बाहरु र १० प्रतिशतको हाराहारीमा जनताहरु वौद्ध रहेछन्, यो तथ्यांङ्क कतिको सहि हो जस्तो लाग्छ यहाालाई । बुद्धको देशमा १० प्रतिशत जनता मात्र वौद्ध हुनु कतिको सन्तोषजनक कुरो हो?
बुद्धको देशमा बौद्धको संख्या १०% मात्र हुनु पक्कै पनि संतोषजनक कुरा होइन । यो सरासर मिथ्याड्ढ हो । कम्तीमा पनि नेपालका राष्ट्रिय तथ्याड्ढमा ४०% बौद्ध हुनुपर्छ । राष्ट्रिय जनगणना तथ्याड्ढ अनुसार आदिवासी जनजाति ३८%, बाहुन १३%, क्षेत्री १७% र दलित १.५% रहेको छ । त्यसमा पनि केहि खसआर्य समाजका बाहुन क्षेत्रीहरु पनि बौद्ध छन् । यस कारणले आदिवासी जनजातिहरु ९९% बौद्ध हो । केहि किराात राई लिम्बुहरु प्रकृतिक पुजक छन् । गुम्बा संख्याको संदर्भमा नेपाल सरकारको संघिय मामिला तथा संस्कृति मन्त्रालय अन्तरगत बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा व्यवस्थापन समितिमा हालसम्म दर्ता भएको गुम्बा संख्या २७३४ रहेको छ । यी मध्ये ङिङमा परम्परा बाहेक अन्य परम्पराका धेरै गुम्बाहरु अझै पनि दर्ता नभएको अवस्था छ ।

८. नेपालमा वौद्धहरु यति न्यून रहनुको पछाडिको कारक तत्वहरु के के हुन् जस्तो लाग्छ? यसलाई उत्थान गर्न एउटा वौद्ध भिक्षु र दर्शनको विज्ञ भएको हिसावले आफ्नो भूमिका कसरी खोज्नु हुन्छ?
नेपालमा बौद्धहरुको संख्या कम हुनुको सबभन्दा प्रमुख कारण जब गोर्खाका राजा पृथ्वी नारायण शाहले आÇनो राज्य विस्तारसागै नेपाललाई राष्ट्रिय एकिकरण गरियो र पृथ्वी नारायण शाहको राज्य विस्तारसागै एकिकरणको मुल उद्देश्य नेपाल मुलुकलाई असली हिन्दुस्थान अर्थात् हिन्दु राज्य बनाउानु नै थियो भन्ने कुरा इतिहास सासी छ । पृथ्वी नारायण शाहको सोचलाई नेपालका राज्य सत्ताले २५० वर्ष देखि निरन्तरता दिनुका साथै नेपाललाई हिन्दु राज्य कायम गर्दै आएको कुरा सबैलाई थाहाा भएकै कुरा हो । अहिले नेपाल गणतन्त्रनात्मक मुलुक भएर संघियतामा गइसकेको अवस्था हो । तर धर्मको नाममा राजनिति गर्नेहरु सल्बलाउने क्रम भने रोकिएको छैन । जस्तो गणतन्त्र नेपालको संविधान २०७२ मा पनि राष्ट्रिय जनावरको सवाललाई लिएर हिन्दु सनातन धर्मको संरक्षण र संवद्र्धन गर्ने गरी धर्मनिरपेक्ष राज्यको अपव्याख्या गरियो भनी गैर हिन्दु समुदायहरुले चौतर्फी विरोध गुनासो गरिरहेका छन् । यी विभिन्न तथ्यहरुबाट स्पष्ट हुन्छ कि मुलुकलाई हिन्दुकरण गरिएको छ र नेपाल सरकारको राष्ट्रिय तथ्यांक सही नभई मिथ्या· भएको प्रमाणित हुन्छ । अरु कारण बौद्ध जागरणको कमी तथा सचेतना अभियानको कमीले पनि हुन सक्दछ । म एक बौद्ध गुरुको हैसियतले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सशक्त बौद्ध जागरण तथा सचेतनाको अभियानहरु गर्दै आइरहेको छु र भविष्यमा पनि विश्वव्यापी रुपमा यस अभियानलाई निरन्तरता दिने प्रतिवद्ध जाहेर गर्दछु ।

९. नेपालमा लुम्बिनी बाहेक धार्मिक या पुरातात्विक महत्वको हिसावले जानु, हेर्नु या तिर्थ गर्नुपर्ने गुम्बा, बिहार वा अरु तीर्थस्थलहरु कुन कुन हुन् र के के महत्व राख्दछन्?
नेपालमा लुम्बीनी बाहेक मुख्य रुपमा तीन महा चैत्य बौद्ध, स्वयंभू र नमो बुद्ध हुन् । यी बाहेक गुरुपद्मसम्भवले ज्ञान प्राप्त गर्नुभएकोले बज्रयानी परम्पराको बोधगया नै मानिने ठाउा फर्पि· (या·लेस्यो), अमर सिद्धी प्राप्त गर्नुभएको तिर्थस्थल मारतिका (हलेसी), नेपालको प्राचिन गुम्बा अ‍ेयी चुख्लाग खाङ (पाटनको अ‍ेयी महाविहार) हिमाली भेगमा गुरु गुरुपद्मसम्भवले स्थापना गर्नुभएको घार गुम्बा (मुस्ता·) शे पर्वत डोल्पा, घाङ पुङग्येन सामा गाउा स्थित गोर्खा, थुब्तेन क्षोलिङ तथा तेङबोछे गोन्पा सोलुखुम्बु आदि मुख्य दर्शनीय तथा महत्त्वपुर्ण स्मारकहरु हुन् ।

१०. अहिले हामीहरुले देखेका, भोगेका बुद्ध धर्म विभिन्न सम्प्रदायहरुमा विभक्त छ । कुनै कुनै बीच त पानी बाराबार कै स्थिति छ भन्दा पनि फरक नपर्ला, शाक्यमुनी बुद्धले प्रतिपादन गरेको धर्म त अवस्य यस्तो थिएन, हजुरले त पढ्नु पनि भयो होला, अनुभव पनि गर्नु भयो होला के के कारण छन् जुन एउटै धर्म मान्न पनि विभिन्न सम्प्रदायको खोल ओढ्नु पर्ने?

भगवान बुद्धले प्राणिहरुको इच्छा, क्षमता, विचार र कर्महरु फरकफरक भएको कारणले विभिन्न स्तरका उपदेश र पद्धतीहरु देशना गर्नुभएको छ । समग्रमा उहााको उपदेशहरु तीन यानको दृष्टीकोणले व्याख्या र विभाजन गरेको हुन्छ । यी विभाजनहरुलाई सम्प्रदाय भन्न मिल्दैन बलकी आवश्यकता हो । उदाहरणको लागि स्कूलमा नर्सरी देखि हाई स्कूल, कलेज, युनिभर्सीटि जस्ता विभिन्न स्तरहरु हुन्छन्, त्यसलाई सम्प्रदाय त भन्न मिल्दैन नि । ठिक त्यस गरी श्रावकयान जसलाई पालि परम्परा भनेर पनि चिनिन्छ जसमा अठार निकायहरु थिए ती मध्ये थेरवाद परम्परा श्रीलंका, थाईलान्ड, म्यानमार आदि देशहरुमा फैलिएको छ भने अर्को निकाय जसलाई श्रावस्तीवादीवाद भनेर चिनिन्छ जुन सिागो हिमाली क्षेत्रमा फैलियो । हिमाली क्षेत्रमा प्रचलित बौद्ध परम्पराहरु विभिन्न समयकालमा स्थापित भएकोले छुट्टाछुट्टै परम्पराको रुपमा परिचित भएता पनि यी सबै परम्पराहरुले बाहिरी आचरण श्रावक यानको श्रावस्तीवादीवाद निकाय विनय अनुसार उपासकको पञ्चशीलदेखि पूर्ण भिक्षुशील र समाधिको अभ्यास गरिन्छ भने भित्री रुपमा महायानको सिद्धान्त माध्यमबाट सबै प्रति मैत्री करुणाको भाव राखी सर्वप्राणिको हित कल्याण गरिन्छ र त्यस्तै गरी गोप्य रुपमा बज्रयानको गुÞय मन्त्रको अभिषेक ग्रहण गर्नु, साधना अभ्यास र देवयोग उत्पतिक्रम–निष्पन्नक्रम जस्तो विभिन्न प्रकारका उपायहरु समावेश गरी चित्तको सुक्ष्म तहबाट ध्यान अभ्यास गर्ने गर्दछ । त्यसैले हिमाली बौद्ध पद्दतीहरुलाई सम्प्रदाय भन्नु भन्दा पनि परम्परा भन्नु उचित हुन्छ ।

११. अब प्रसंग अलिकति बद्लौ, तपाई आफ्नो पढाई सकिए लगत्तै पोखराको बुद्ध सदनमा एउटा गुरु (टिचर) को रुपमा जानुभयो, गुम्बाको सिमित परिधि भित्रबाट पहिलो पटक समुदायमा गएर काम गर्दाको अनुभव कस्तो थियो?

सन् १९९६ सालमा पोखरा नयाा बजार निवासी घले परिवारको आयोजनामा रामघाट बौद्ध अर्घौं सदनमा हुन गइरहेको तमु लोसार महोत्सव तथा बुद्ध पुजा अवलोकन गर्न जाने सिलसिलामा त्यहाा लामागुरुहरुले गरेको पुजा र आम भक्तजनहरुले गरेको धार्मिक गतिविधि बौद्ध विधि अनुसार अलि नदेखिएकोले मेरो चित्त बुझेन र मनमा करुणा उत्पन्न भयो कि बौद्ध जनसमुदायहरुको धर्म प्रतिको अगाद श्रद्धा देख्दा मलाई त्यहाा पटकपटक गएर श्रद्धालु गुरुहरुलाई सद्मार्ग देखाउने इच्छा पलाएर आयो । र त्यस्ताका मैले त्यहाा उपस्थित भक्तजनहरुलाई भविष्यमा सद्धर्मको माध्यमबाट सद्मार्ग देखाउाने प्रतिवद्धता व्यक्त गरेको थिए । त्यस ल्होसार पुजा कार्यक्रम सकेर काठमाडौं आई गोर्खा छेकम्पार चुम राछेन गुम्बाका प्रमुख टुल्कु ङागवा· खेन्राप डुक्पा रिन्पोछेको दर्शन गर्न र पोखराको लोसार पुजा कार्यक्रमको बारे अवगत गराउन रिन्पोछेको दर्शन गर्न गईयो । दर्शनको क्रममा रिन्पोछे अत्यन्तै प्रशन्न हुनु भई मलाई रु. ३००/– र खाता दिनुभई भविष्यमा पोखरा बुद्धसदनमा धर्म प्रवचन गर्न जानू र त्यस क्षेत्रका बौद्धहरुलाई सद्मार्ग देखाउनू भन्ने गुरुको आज्ञा अनुसार महायानी उपोसद (ञ्यु·ने) व्रतको अवसर पारी स्वयम सेवकको रुपमा क्याप्टेन श्री चन्द्र प्रसाद गुरु· ज्यूको शैनिक स्लीपि· व्याग र म्याट्रेस सहयोग लिई उपोसद् व्रत भरि १६ दिन र काग्युर वाचनका क्रममा धर्म प्रवचन गरियो । रातको समयमा बुद्धसदनको वरन्डामा क्याप्टेन साहेवको स्लीपि· व्याग ओढेर दु:खकष्टको कुनै प्रवाह नगरी गुरु डुक्पा रिन्पोछेको आज्ञा पालन गरियो । अल्पज्ञान सधै खतरा हुन्छ भन्ने उखान बुद्धसदनका पदाधिकारीहरुमा लागु हुन गयो कि बुद्धसदन गुम्बामा मूर्ति राख्ने नराख्ने बारे अक्सर अल्प ज्ञान भएका नयाा थेरवादी र नयाा महायानी दुई समुह विच अनावश्यक विवाद उत्पन्न भएर समाधानको लागि गुम्बा पदाधिकारीहरुको निर्णय अनुसार ‘‘महायानी शिविर’’ कार्यक्रम सन्चालन गर्ने र एक राम्रो गुरु लामा विशेष गरी मूर्ति राख्ने नराख्ने बारे धर्मदेशनाको साथै वक्ताको रुपमा पठाईदिन अनुरोध पत्र शेक्षेन गुम्बालाई गरेकोले शेक्षेन गुम्बाबाट मलाई नै तोकी पठाईदियो । त्यस महायानी शिविरमा मैले धर्मदेशना गर्नुको साथै मुर्तिको महत्वबारेमा राम्रोसाग बुझाए पछि त्यस शिविरले मूर्ति स्थापना गर्ने निर्णय गुम्बा व्यवस्थापन समितिले गर्‍यो । त्यस समयदेखि सालै पिच्छे महायानी उपोषद (ञ्युङने) व्रत कार्यक्रम बुद्धसदनले गरिएको आयोजनामा धेरै पटक प्रवचन गर्न गईयो । त्यस बेलादेखी पोखराको बुद्धसदन र शेक्षेन गुम्बाको सम्बन्ध सुमधुर हुादै गयो । बुद्धसदनमा स्कूल स्थापना गरी शेक्षेन गुम्बाको सहयोगमा गोन्पा शिक्षा पठनपाठनको व्यवस्थाले निरन्तरता पायो । बुद्धसदनमा पटकपटक धर्मप्रवचन र अन्य गतिविधिमा संलग्न हुादा त्यस क्षेत्रका गुरु·हरु बुद्धको सद्धर्म प्रति देखाएको अगाद श्रद्धा र चासो देख्दा मलाई अत्यन्तै खुसी लाग्यो । र तमु समुदायका श्रद्धालु आमा बुबाहरुसाग सद्धर्मबारे विचार आदान–प्रदान गर्न पाएकोले गौरवान्वित महसुस भयो ।

१२. तपाई ब्रिगेड अफ गोर्खाजको लामा भएर नियुक्ति पाउने पहिलो भाग्यमानी व्यक्ति हुनुहुन्छ, कसरी थाहा पाउनुभयो यता दरवन्दी खुलेको? ब्रिटिश आर्मीमा नेपालीहरु छन् भन्ने जानकारी थियो? प्रतिस्पर्धीहरु कतिजना थिए? तपाईलाई आफ्नो के त्यस्तो गुण अथवा सवल पक्ष थियो जसले तपाई सफल हुनु भयो जस्तो लाग्छ?

व्रिटिश गोरखा नेपाल मिन भवनद्वारा विभिन्न सञ्चार माध्यम र गुम्बा–गुम्बामा गरिएको सूचनाको आधारमा व्रिटिश गोरखामा बौद्ध धर्मगुरु नियुक्ति संबन्धी विज्ञापनबाट जानकारी भयो । उक्त प्रतियोगीतामा हजार भन्दा बढी प्रतियोगीहरु थिए । मेरो विचारमा विशेष गरी मेरो गुरु परमपूजनीय शेक्षेन रापज्याम रिन्पोछेको आशीर्वाद र आÇनो आत्मा विश्वासका साथै त्रिभाषा भोट, आग्रजी र नेपालीमा प्रवचन गर्न सक्ने क्षमता भएको कारण उक्त दरबन्दीमा छनौट भएको मेरो आंकलन छ ।

१३. पहिलो पटक लाहुरेहरुलाई धर्मदेशना गर्दाको समयलाई कसरी सम्झनु हुन्छ?
वास्तवमा सैनिकलाई बुद्ध धर्म बारे प्रवचन गर्नु चुनौतीपुर्ण थियो । सैनिकहरुलाई भगवान बुद्धको शिल, समाधी, प्रज्ञा र मैत्री, करुणा, मुदिता र उपेक्षा जस्तो गम्भीर सद्धर्मको प्रवचन गर्ने सायद ईतिहासमा म पहिलो व्यक्ति हुनु पर्छ । मेरो आशा छ अरु सैनिकभन्दा बुद्धोपदेश श्रवण गर्ने सुअवसर प्राप्त गर्ने गोरखा व्रिटिशका सैनिकहरु कम आक्रमक र अचल सिपाही हुने छ र सैनिक भएर पनि बुद्धको उपदेश सुन्न पाउानु लाहुरेहरु भाग्यमानी सैनिकहरु हुन् जस्तो लाग्छ ।

१४. वुद्धधर्मको पंचशील र लाहुरेहरुको पेशागत सिद्धान्त त अलि मेल खादैन जस्तो लाग्छ, कसरी सम्झाउनु हुन्छ, हिंसा विरोधी भएर बोधिसत्व मार्गलाई अवलम्वन गर्न? के एउटा सिपाही वोधिसत्व मार्गमा जान उसको कार्य क्षेत्रले दिन्छ?

सैनिकको ६ आचार संहिता ९कष्ह अयचभ खबगिभक० अथवा ख्बगिभक बलम कतबलमबचम या द्यचष्तष्कज ब्चmथ को आचार संहिता बुद्धको ६ पारमिता र पंचशीलसाग धेरै मेल खान्छ भन्दा अतिपयुक्ति नहोला । बोधीसत्वहरु पनि सैनिकको रुपमा रही प्राणीको हित कल्याण गरेको इतिहास छ । अक्सर बोधीसत्व बन्नु न सेनाको लक्ष्य नै हो न त सेनालाई बोधीसत्व बनाउान बैधानिकताले दिन्छ । तैपनि लाहुरे (सिपाही) बोधीसत्व मार्गमा जान उसको कार्यक्षेत्रले नदिए पनि बोधीसत्व, मार्गमा जाने नजाने भन्ने सवाल उसको वैयक्तिक स्वतन्त्रता र अधिकारको कुरा हो कुनै कसैले छेक्न सक्तैन । जस्तोकि सम्राट अशोक सेनापति भएर कलिङ संग्राम दिगविजय गरी अशोक चक्रवर्ती सम्राट बने । पछि ७ वर्षे निग्रोध बोधीसत्व भिक्षुको अप्रमादी प्रवचन सुनेर त्यो कालशोक र चण्डाशोक धर्माशोकमा रुपान्तरित भयो । अशोक स–परिवार श्रमणवंशमा प्रवेश गरे । युद्धबाट बुद्ध शस्त्रबाट शास्त्रको छला· अशोकले मारे । अशोक पुत्र महिन्द्र श्रीलंका धर्म प्रचार गर्न पठाए भने अशोक पुत्री चारुमती म्यान्मार, थाईल्यान्ड र नेपाल आदि देशहरुमा धर्म प्रचारको लागि पठाउनु भयो । १६ वर्गी अर्हतभिक्षु चीन देश पठाउनु भयो । विश्वव्यापी बुद्ध शासन धर्माशोकले फैलाए । एशियाको ज्योति बुद्ध विश्वको सूर्यको रुपमा फड्को मार्ने महान अभियानमा अशोकको अविस्मरणीय एवं अद्धितिय भूमिका रÞयो । यस कारणले पनि के कुनै सिपाही (लाहुरे) अशोकको मार्गमा लाग्न सके बोधीसत्व हुन असंभव छ त ?

१५. तपाई आर्मी संग आवद्ध भएर पनि आफ्नो व्यक्तिगत समय मिलाएर संघ, संस्थाहरुको कार्यक्रमहरुमा प्राय: देखिनु हुन्छ समयको समायोजन कसरी गर्नु हुन्छ?

म एक बौद्ध भिक्षु भएको नाताले मेरो जीवन परहित कल्याणको सेवामा समर्पित छ । सेवाको भावनाले ओतप्रोत हुादा कुनै परहित कल्याणकारी कार्यको लागि समय, फुर्सद मिलाउनु कुनै ठूलो सवाल नहुादो रहेछ ।

१६. बिसीसीको स्थापना काल देखिनै शेचेन गुम्बाले नै लामा गुरुहरुको आपूर्ति गर्दै आएको छ, हजुर पनि संस्थापक आध्यात्मिक निर्देशक ९क्उष्चष्तगब िम्ष्चभअतयच० को रुपमा मनोनित हुनुहुन्छ, नढााटिनकन भनि दिनुहोस् न बिसीसीका सदस्यहरुको धार्मिक/अध्यात्मिक चेतनास्तर कस्तो छ?

सर्वप्रथम द्यऋऋ ग्प् गोन्पा बेलायत प्रवासी नेपाली बौद्धहरुको इतिहास कै पहिलो गोन्पा भएको र धार्मिक निर्देशकको हैशियतले सद्धर्म सम्मत सही दिशामा डोर्‍याउानु मेरो भूमिका रहन्छ । विशेष गरी बज्रयानी परम्परा अनुसार दक्ष अनुभवी उपाय कुशल गरुहरुबाट अटुट शुद्धसिद्ध परम्परामा आधारित विशुद्ध बुद्धशिक्षा प्रणाली द्यऋऋ ग्प् मा स्थापना गर्नु अनिवार्य एवं अत्यावश्यक हुन्छ । अत: अटुट शुद्धसिद्ध परम्परा बोकेको गोन्पाहरु मध्ये शेक्षेन विशेष प्रतिष्ठा बोकेको अग्रपंक्ति एवं मातृ संस्थाको रुपमा सर्वमान्य मूल्य र मान्यता बोकेको गोन्पा हो । कारण हिमाली क्षेत्रमा प्रचलित आठ बौद्ध परम्परा ञिङमा, कादाम, मार्पा काग्यु, श्याङपा, साक्या, शिजेद–च्योद, झयोना·, ङेन्ढुप गरी यी आठ परम्परालाई ‘‘सिद्धपरम्परा अष्टमहारथा:’’ भनेर चिनिन्छ । यस परम्पराको अधिपति परम पावण महारत्न दिल्गो खेन्चे रिन्पोछे आधिकारिक कूलपति हुनुहुन्छ । यसकारण द्यऋऋ ग्प् को स्थापनाकालदखी नै लामा गुरुको आपूर्ति शेक्षेन गुम्बाले गर्दै आएको हो । द्यऋऋ ग्प् को स्थापना कालदेखि आजसम्म मेरो क्षमताले भ्याएसम्म मनसा, वाचा, कर्मणाले यस संस्थाको उत्थान र स्तरोन्नतीको लागि निस्वार्थ भावले भूमिका खेल्दै आएको छु । द्यऋऋ ग्प् को स्थापना कालदेखि र अहिलेको सदस्यहरुको चेतना स्तर आशातितरुपमा अवश्य बढेको छ । यस संस्थाका सदस्य लगायत आम जनसमुदायको चेतना स्तर विधि संमत एवं प्रक्रियागत ढंगले अघि बढाउाने उद्देश्य पूर्तीको लागि परमपावन दलाई लामा समेत ४ वटै परम्पराका प्रमुख गुरुको द्यऋऋ ग्प् मा समुपस्थिति गराई भगवान बुद्धका गम्भीर उपदेशहरु वेलायत बसी गोरखाली आमजनसमुदायलाई श्रवण, चिन्तन र मननार्थ आवश्यक व्यवस्था विशेष मेरो दिशा–निर्देशमा द्यऋऋ ग्प् ले गरिन्दै आएको छ । अझै पनि भविष्यमा विभिन्न शुद्धसिद्ध परम्पराका गुरुको विशेष सामिप्यतामा विधि र प्रक्रियानुसार सद्धर्मको श्रवण, चिन्तन र मननको निम्ति विविध बौद्ध धार्मिक सचेतना अभियानहरु संचालन गर्नु पर्ने देखिन्छ । तपाईले यस प्रश्नको प्रसंगमा नढााटीकन बताई दिनु हुन्छ की भनेर म एक बौद्ध भिक्षुलाई प्रश्न गरेको मा मलाई अलि असहज लाग्यो किनभने, शील विनयलाई अक्षरस पालन गर्नु प्रत्येक भिक्षुको परम कर्तव्य भएकोले ढााट्ने भन्ने कुराको कुनै गुञ्जायस रहादैन ।

१७. मेरो व्यक्तिगत अनुभवको आधारमा गुम्बाको धार्मिक प्रवचन, ध्यान, साधनाको कार्यक्रम कम, पूजा आजा र विशेषगरी मृत्युपर्यन्त गरिने संस्कार कर्महरु बढि भएको जस्तो देखिन्छ, तपाईको अनुभव कस्तो छ?

ठिक हो करिब त्यस्तै भैराखेको छ । सरोकारवाला उपासक उपासिकाहरुको माग अनुसार यस किसिमको जन्म देखि मरण सम्मको भैपरी आउाने कर्म संस्कार गर्नु पनि यस द्यऋऋ ग्प् को उद्देश्यहरु मध्येको एक हो । यस गतिविधिले पनि बौद्ध धर्म अनुकूलको कर्मसंस्कारको विकाश, संरक्षण र संवर्धनमा योगदान पुगेको पनि छ । अब भविष्यमा भैपरी आउाने धर्मकाण्ड र ध्यान अभ्यास एवं शिक्षा–दिक्षा एउटा सिक्काको दुई पाटोको रुपमा संतुलन एवं अनुकूल मिलाएर सागसागै विकास गर्ने कुरा द्यऋऋ ग्प् ले विशेष ध्यान दिने छ ।

१८. हाम्रो समाजको युवापिंढीमा धर्मप्रति आस्था, विश्वास र श्रद्धाभाव खस्किदो छ, तपाईको विचारमा युवाहरुलाई आकर्षित गर्न कस्तो कार्यक्रमको योजना गर्नु पर्छ?

ठिक सवाल उठाउानु भयो मलाई पनि त्यस्तै लाग्छ । युवाहरुलाई बुद्ध धर्मप्रति आकर्षित गर्न विशेष गरी ग्प् को हकमा छुट्टीको मौका पारी १० दिने क्गmmभच ऋबmउ (वर्षाद शिविर) सञ्चालन गरी बौद्ध धर्मको ध्यान साधना, प्रवचन बौद्ध जागरणका साथै आधुनिक कला, प्रदर्शन, खेलकुद, वादविवाद, कविता गोष्ठी एवं सांस्कृतिक कार्यक्रम जस्ता वहुआयमिक क्रियाकलापआदिको माध्यमबाट युवाहरुलाई बौद्ध चेतनाको स्तर माथि उठाउान सकिन्छ ।

१९. गुम्बामा आवासीय लामा ९च्भकष्मभलमब ि:यलप० राख्न पाउने ीष्अभलकभ त पाईयो, कहिले सम्ममा आउनु हुन्छ आवासीय गुरु? यो बिषयमा शेचेनको तर्फबाट र बिसीसी युकेको तर्फबाट के हुदैछ? नाम भन्न मिल्छ संभवतको आउनु होला?

द्यऋऋ ग्प् को आवाशीय लामागुरु नियुक्तिको लागि शेक्षेन गुम्बाका प्रमुख धर्मगुरु परम पुजनीय शेक्षेन रापज्याम रिन्पोछे समक्ष अनुरोध भैसकेको छ । यस बारे शिघ्रतिशिघ्र सदा झै एक योग्य गुरु छनौट गरि खटाई दिने व्यवस्थाको लागि निरन्तरता दिनु हुने छ ।

२०. अन्त्यमा द्यऋऋ ग्प् लाई अनन्त भविश्यसम्म विवाद रहित धार्मिक संस्था भएर अगाडि बढ्न १, २, ३ के के सुझावदिनु हुन्छ र मैले सोध्न विराएको केहि छ भने भन्नुहोस् ?

द्यऋऋ ग्प् लाई दीर्घ भविष्यसम्म दिगो संस्थाको रुपमा विकास गर्न सर्वप्रथम दक्ष, अनुभवी, उपाय कुशलयुक्त अटुट शुद्धसिद्ध परम्परामा आधारित धर्मगुरुलामाको आवश्यक हुन्छ । द्यऋऋ ग्प् ले कुनै पनि धार्मिक र सामाजिक गतिविधि सन्चालन गर्दा विशेष गरी सामाजिक मेलमिलाप सामाजिक सौहार्दता धार्मिक सहिष्णुतालाई मूल मन्त्र ठानी जातिय र धार्मिक संप्रदायिक एवं कुनै पनि राजनितिक दर्शनको आडमा आग्रह र पुर्वाग्रह निहित स्वार्थसिद्धि गर्ने खालका नकरात्मक गतिविधि हावी हुने चुनौति देखी सदैव सतर्क रहने नीति द्यऋऋ ग्प् ले अवलम्बन गर्नु पर्दछ ।

२१. बौद्ध धर्म हिन्दु धर्मको शाखा र बुद्ध विष्णुको ९ औं अवतार हो ?
बौद्ध धर्म हिन्दु धर्मको शाखा होइन । न त बुद्ध विष्णुको अवतार नै हो । यो त अतिवादी तेर्थीकहरुको कुटिल एउटा षडयन्त्र मात्र हो । यतिले मात्र नपुगेर ओमकार परिवारको भ्रमपूर्ण नारा दिएर बौद्ध, जैन, सिख र बोन यी पुजकका धर्म आदिलाई ओमकारको फ्रेममा सजाएर हिन्दु धर्मको घोडा बनाउने सुनियोजित षडयन्त्र गरेको इतिहास साक्षी छ । हिन्दुको सर्वोच्च धर्मगुरु कान्जी कामकोटी पिठका शंकराचार्य सरस्वती जयनले बुद्ध धर्म हिन्दुको शाखा हो र बुद्ध विष्णुको अवतार हो भनेको थियो । यस कुराको कुनै बौद्ध विद्वानले औपचारिक रुपमा प्रतिवाद गरिएन केवल विश्व विपश्यना आचार्य श्री सत्यनायण गोयन्काले मात्र प्रतिवाद गरेर शंकराचार्यलाई नै भेटेर आपत्ती प्रकट गर्नुभयो र तीन दिन लामो छलफल र वादविवाद भयो । निष्कर्शमा शंकराचार्यले सार्वजनिक रुपमा क्षमा माग्यो र अन्तमा बुद्ध विष्णुको अवतार होइन र बुद्ध धर्म हिन्दुको शाखा पनि होइन प्राविधिक गल्तीवस यस्तो हुन गएको भनेर विश्व विपश्यनार्च सत्यनारायण गोयन्का बौद्ध जगत तर्फबाट हिन्दुजगतका तर्फबाट सर्वोच्च धर्म भिरु शंकराचार्य सरस्वती जयन दुवै जनाको संयुक्त ‘‘स्नेही’’ नामक एक पुस्तिका विज्ञप्ती निकालेको थियो ।

२२. आर्य देश भारतबाट बुद्ध धर्मको अन्त्य किन कसरी र कहिले भयो ?
बुद्धकालमा भारतमा तैर्थिकहरुको ६ वटा भगवान समान मानेका सम्प्रदायक गुरुहरु थिए । बुद्धसागका शास्त्रार्थमा प्राय: सबैजसो हारेर बुद्धधर्म शासनमा प्रवेश गर्न वाध्य भएका थिए । जस्तो बुद्धका प्रमुख शिष्य शारी पुत्र र मौदगलायन पुत्र आदि तैर्थिक सम्प्रदायबाट बुद्ध शासनमा प्रवेश भएको हो । एकातिर यो हो भने अर्कोतिर धर्मराज सम्राट अशोकले कलि· युद्ध मचाएर सम्पुर्ण भारत वर्ष जम्बुद्विपमा सम्पुर्ण तैर्थिक सम्प्रदायहरुलाई सखाप पारी एक छत्र बौद्ध शासनमा आधारित राज्य सत्ता दीर्धकालसम्म सञ्चालन गरे । यसरी तैर्थिक अर्थात् विशेष गरी अति हिन्दुवादि मठाधीश र हिन्दु र कटर ईस्लामिक राज नेताहरुले माथि उल्लेख गरिएको धार्मिक र राजनितिक दुवै पक्षमा हार खाएर लामो समयसम्म ईवी पालेका धार्मिक र राजनैतिक दुवै धारका शक्तिले शक्ति सञ्चय गरी धर्मराज सम्राट अशोकको मृत्युको ठिक पचास वर्षपछि अर्थात १८५ ईशा पूर्व कटर ब्राÞमणवादी षडयन्त्रको सफल भएर सम्राट अशोकको अन्तिम वंश मौर्या सम्राट वृहद्रथको हत्या गरेर ब्राÞमण सेनापति पुष्यमित्र शुङले राज्यसत्ता हात पारे । पुष्यमित्र शु· अतिवादी ब्राÞमणवादि र घोर बौद्ध विरोधी थियो । त्यस समयदेखि बौद्धहरुको नर संहार शुरु भयो । अशोकद्वारा निर्मित ८ लाख ४० हजार स्तुपाहरु नष्ट गरिदियो । यहाा सम्म कि एक जना बौद्ध भिक्षुको शिर काटेर ल्याउनेलाई १०० सुनको मुद्रा इनामको घोषणा गरेको थियो । लाखौं बौद्धहरुको कत्ला साफ भए । हजारौं बौद्ध मट स्तुपाहरु हिन्दु मन्दिर बनाए । विश्व प्रशिद्ध तक्षशीला, नालेन्डा राजगृह र श्रावस्ती जेतवान जस्ता बौद्ध विश्व विद्यालय र विहारहरु आगजनी गरी अग्नि ज्वाला कुण्डमा परिणत गरी दिए । नालेन्डा विश्व विद्यालयको आगो निभ्न पुरा ६ महिना लागेको इतिहास छ ।

२३. तपाई डोल्पो समुदायको १ धर्म गुरु भएको नाताले तपाईको समुदायको विशेष केहि प्रमुख बौद्ध गुरु लामा र भिक्षुणीको नाम बताउनु हुन्छ की ?
अवश्य झ् हाम्रो डोल्पो समुदायको सर्वश्रेष्ठ धर्मगुरु लामा डोल्पो बुद्ध (कुन्खेन धोल्पो सांगे) अर्थात् सर्वक्ष डोल्पो बुद्ध उहाा १३ सताप्दीको अन्ततिर वर्तमान डोल्पो बुद्ध गाउापालिका सिमेन गाउा नजिक भेन्जाङ कायोरीमा जन्मनु भएको थियो उहााको मत ‘‘परशून्यवाद’’ हो । साथै तेश्रो धर्मचक्र प्रवर्तन उपदेशको प्रमुख टीकाकार र ज्योनाङ परम्पराको प्रवर्तक एवं संस्थापक उहाा सर्वज्ञ डोल्पो बुद्ध हुनुहुन्छ । उहााको शुभ नामबाट सगौरव हाम्रो डोल्पो समुदायको जातिय पहिचानको नामाकरण हुन गएको हो । सिद्ध महिला साधकहरु अनेक भए ती मध्ये सबै भन्दा प्रख्यात आनी उर्गेन छोकि मानिन्छ । त्यस्तै विभिन्न परम्पराका अनगिन्ति सिद्ध गुरुहरुको उदय भएको थियो । जस्तो खेडुब पाल्देन दोर्जे लगायत हुङट्राम वंशका प्रसिद्ध गुरुहरु र मार्गोम वंशको गुरुहरु, घाकर रिन्पोछे, खेन्तेङ रिन्पोछे, जिग्मे ठोग्यल रिन्पोछे, निफुक रिन्पोछे, ङिन्छुङ वंशका गुरुहरु लगायत अनेकौं ऐतिहासिक गुरुहरु रहेका छन् ।

Back To Top
error: Content is protected !!