skip to Main Content
01252 338765

अध्यक्षको कमलबाट । नरेश गुरुङ

  • News
अध्यक्षको कमलबाट । नरेश गुरुङ

आज यो स्मारिका प्रकाशन भैरहेको बेला वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) (टाशी द्योङाक छ्योलीङ गुम्बा (गोनपा) ले १२ औं बस्नत पार गरेको छ । यो संस्था ई.स. २००७ मा स्थापना भएको हो । यो संस्था विभिन्न बाधा, अड्चन र समस्याहरु संग झेल्दै र जुझ्दै बौद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसारणमा संयुक्त अधिराज्य बेलायत, युरोपका देशहरु लगायत विश्वमा नै ठूलो भूमिका खेलेको छ । यो ऐतिहासिक अवसरलाई समेट्दै संस्थाले १२ औं बसन्त पार गरेको सुखद् अवसरमा बिसीसी युके संस्थाको तर्फबाट स्वदेश तथा विदेशमा हुनुहुने सम्पूर्ण वौद्ध धर्मालम्वीहरुलाई हार्दिक मंगलमय शुभकामना तथा दिर्घायु, सुस्वास्थ्यको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
यो शुभअवसरमा र २५६५ औं बुद्ध जयन्ती मनाउन आउनु भएका (हुने) प्रमुख अतिथि, बिशेष अतिथि र अतिथि गणहरु एवं सवै दर्जाका सदस्यज्यूहरु, धर्म मित्रहरु र शुभचिन्तकहरुमा, म बिसीसी युके (टाशी द्योङाक छ्योलीङ) गुम्बा अध्यक्ष रहेको हैसियतले यस समारोहमा हार्दिक स्वागत सम्मान गर्न चाहन्छु । निश्चय नै हाम्रो देश नेपाल राष्ट्र भुपरिवेष्ठित बहु धार्मिक, बहु जातिय र बहु भाषिय राष्ट्र हो । इतिहासले पनि प्रष्ट बताउछ कि बुद्ध धर्म नेपालमा मानव वस्ती संगसंगै शुरु भएको थियो, किनभने शाक्यमुनी बुद्ध भन्दा अगाडिका बुद्धहरुको जन्म पनि लुम्बिनीमा नै भएको र अव जन्म लिने बुद्धहरुको जन्म पनि लुम्बिनीमा नै हुन्छ भन्ने लेखहरु लेखिएको छ, भने त्री पिटक अध्ययन गर्ने गुरुहरुको प्रवचनमा सुन्न पाईन्छ तर हिजोका दिनहरुमा राज्यको हिन्दुवादी चरित्र एकात्मक शासन, एक भाषा र एक धर्मको नीतिले बौद्ध धर्मको अस्तित्वलाई संकटमा पार्ने कार्य भयो । यस किसिमको राज्य विभेद र दमनबाट बुद्ध धर्म धेरै पछि पर्न गएको सत्य हो ।
जब नेपालमा २०४६ सालको जनआन्दोलन सम्पन्न भयो, तब सबैले आ–आफ्नो अधिकारको प्रयोग गर्ने सुअवसर प्राप्ति संगैं बौद्ध धर्मको पनि संरक्षण हुन शुरु भयो । यसैको उपलब्धि मान्नु पर्छ, हाम्रा केही साथीहरुले आप्mनो धर्म जगेर्ना गर्न हेतु, आपूm बेलायती सेनामा सेवारत हुदै, बुद्ध धर्मको लागि आवाज उठाउनु भयो, फलस्वरुप उहाँको आवाजले सहि बाटो लिएको छ, भनेर सबै एमओडीका अग्रजहरुलाई स्वीकार्न बाध्य बनायो र २ जना लामा गुरुहरुलाई बेलायतको सेनामा स्थापित गरियो । यो बेलायतको इतिहासमा मात्रै नभएर सायद विश्वकै इतिहासमा प्रथम हुन सक्छ, बुद्ध धर्म मान्न त परै जाओस् बुद्धको छाया सम्म नपरेको देशले आप्mनो राज्यको रक्षकहरुमा बुद्धको वचनले भरिपूर्ण भएका लामाहरुलाई स्वीकारेको छ र यो सत्य कुरो हो र हजुरहरुको सामु छर्लङ्ग छदै छ ।
यो शुभ कार्यको सोच लिएर यसलाई अगाडि बढाउने र कति कठिनाईहरुको सामना गर्ने व्यक्तित्व अरु कोही नभएर बिसीसी युकेको संस्थापक अध्यक्ष हालै वल्र्ड बुद्धिष्ट फेडेरेशनको कोषाध्यक्ष साथै तत्काल बिसीसी युकेको सल्लाहकार ले.रि. काजी शेर्पा हुनु हुन्छ ।
जब काजी शेर्पा बेलायतको सेनाबाट अवकाश लिनुभयो र उहाँले बेलायतमा नै बस्ने ईजाजत पनि पाईसक्नु भएको थियो, तसर्थ उहाँको सोच अझ पराकिलो हुदै गयो की बेलायतको सेना जस्तोमा त बुद्ध धर्मको स्थापना भयो भने, किन हाम्रो दैनिक जीवनमा बुद्ध धर्मको शुरुवात निरन्तरता नदिने, २,४ जना साथीहरु संग सरसल्लाह गरेर ई.सं. २००७ सालमा बिसीसी युकेको स्थापना भयो तर अभाग्यवस भनु या त के सो संगठित सदस्यहरुको सोच बुद्ध धर्म संग सम्बन्धित नभएर आ–आफ्नो स्वार्थपूर्तिको लागि मात्र संगठित भएको संगठन हुन गयो ? तर, ले. (रि) काजी शेर्पाले जाति धोका खाए पनि आप्mनो सपना सकार बनाएरै छाड्ने दृढताको साथ संगठनका सदस्य फेरबदल गर्दै अघि बढ्दै गएर इंस २००८ तिर बिसीसी युकेका सदस्यहरु र मेरो पनि कयौं पटक धर्म सम्बन्धि कार्यक्रममा भेट हुन थाल्यो, मेरो पनि विस्तारै विस्तारै बुद्ध धर्म प्रति आस्था बढ्दै जान लागेको थियो, सायद मेरो मनसाय बुझेर हो की जस्तो लाग्छ सो बखतमा म तमु धिं युकेको सहकोषाध्यक्ष गरिरहेको थिएँ । एक दिन अचानक बिसीसी युकेको कोषाध्यक्ष गर्ने प्रस्ताव आयो केही नसोची हुन्छ भनि दिएँ, किनकी यो धार्मिक संगठन हो । कसैले धर्मको नाममा पुन्र्याजनको लागि चढाएको भेटि (रकम) राम्रो हिसाव गरेर पारदर्शिताका साथ राख्न सकियो भने भविश्यमा संघका धर्म मित्रहरुले सम्झने छन् भन्ने लाग्यो । ई.सं. २००९ को सेप्टेम्बर तिर हो बिसीसी युकेको बैंक खातामा ५००० पाउण्ड र ३००० पाउण्ड नगद गनेर बिसीसी युकेका तत्कालिन कोषाध्यक्ष ले.(रि) कुसाङ्ग गुरुङबाट म नरेश गुरुङलाई त्यसै बखतका अध्यक्ष बिसीसी युकेका तत्कालिन अध्यक्ष ले.रि.काजी शेर्पाको घरमा मलाई कोषाध्यक्षको जिम्मेवारी प्रदान भयो ।
केही समय पश्चात बिसीसीमा सदस्यहरुको फेरबदल हुदै टिमले पूर्णता पाएको महसुस भयो र सबै टिमको सल्लाह भयो । अब एउटा गुम्बाको र केही लामा गुरुहरुको बन्दोवस्त गर्न जरुरी छ भन्ने सबैको एकमत हुनगयो । खोजी कार्य शुरु ग¥र्यौं, त्यस बखत सम्म पनि हाम्रो बैंकमा २०–३० हजार पाउण्ड रकम थिएन । हाम्रै सदस्यबाट सुझाव आयो कि १००० पाउण्ड भन्दा बढी तिरेर ट्रष्टी सदस्य बनाउने आ–आप्mनो साथीहरुलाई आब्हान गर्ने र पैसा संकलन गर्ने उपाय यो हुन सक्छ भने पछि सबैले मञ्जुर ग¥र्यौं । ईंस २०१२ को बुद्ध जयन्तीमा शुरुवात गर्ने सहमति भयो अनि बुद्ध जयन्तीको आर्कषण भनु वा मुख्य लामा ज्।भ्। म्गउकष्लन च्ष्लनउयअजभ लाई निमन्त्रणा गरियो र उहाँद्वारा आर्शिवाद साथै ट्रष्टीको सर्टिफिकेट हस्तान्तरण रिन्पोछेबाट हुनेछ भनेर प्रचारप्रसार गरियो । नभन्दै राम्रो कामको लागि भगवानले भन्नुहुन्छ ‘तिमी चिताउ मात्रै, म पु¥याई दिन्छु’ सुनेको थिएँ, सो दिनमा भने जस्तै भयो , किनकी १५० जनाले ट्रष्टी बन्ने वचन दिए भने ८० जनाले त त्यसै बेला चेक तथा नगद हस्तान्तरण गरेर बेलुकी म घर फर्किदा मेरो भाङ्ग्रामा ६५ हजार पाउण्ड बोकेर घर ल्याउने सौभाग्य मिल्यो । त्यस्तै गरेर १ महिना पछि जुन २०१२ मा ज्।ज्। दलाई लामाको भ्रमण अल्डरसट फुटबल स्टुडियममा सम्पन्न ग¥र्यौ, त्यसै क्रममा हालै बिसीसी युकेको गुम्बा घरलाई बिक्रीमा भएको थाहा भयो र किन्ने प्रक्रिया पनि शुरु ग¥र्यौं र लगभग १ बर्षको अवधिमा ३ लाख ७१ हजार ५०० पाउण्ड नगद तिरेर हाम्रो बनाउन सफल भयौं । यो सफलताको हकदार भने, पाउण्ड एक हजार भन्दा बढी दान गरेर ट्रष्टी बनिदिने दाताहरु र केही समयको लागि भए पनि १ हजार देखि १५ हजार पाउण्ड ऋण सापटी दिएर सहयोग पु¥याउनु हुने सबै धर्म मित्रहरु र दान दाताहरुमा म लगायत बिसीसी युकेका सम्पूर्ण सदस्यहरु प्रति आभार प्रकट गर्दछौं ।
ब्रिटिश टेलिकमको पुरानो घर आप्mनो त भयो, अब सामान्य घरलाई गुम्बा ९ःयलबकतभचथ० मा बदली गर्नु छ । कसरी ? प्रश्न चिन्ह अगाडि थियो । फेरि पनि पहिला कै अर्ति उपदेशलाई ‘तिमी चिताउ मात्रै, पु¥याउने छदैछु’ तब त बिसीसी युकेको संघले हिम्मत हारेन, एकअर्काको हातेमालो गर्दै अगाडि बढिरह्यो २ बर्षको अन्तरालमा दर्जनौं च्ष्लउयअजभ हरुलाई गुम्बामा स्वागत गर्दै आर्दिवाद लिदै धर्म र कुशल कार्यलाई अगाडि बढाई रह्यो । फलस्वरुप २९ जुन २०१५ को दिन ज्।ज्। म्बबिष् ीबmब लाई बिसीसी युकेको ‘टाशी द्योङाक छ्योलीङ्ग’ गुम्बा उद्घाटन समारोहमा निमन्त्रणा गरि ज्।ज्। को बाहुलीबाट गुम्बा उद्घाटन समारोह सम्पन्न साथै सो दिन भरि ज्।ज्। म्बबिष् ीबmब को प्रवचन, उपदेश र आर्शिवाद लिन १० औं हजार भक्तजनहरुको उपस्थितिका साथ सो कार्यक्रम सम्पन्न भएको थियो ।
यसै गरि ज्।ज्। म्ष्निय प्जथभलतकभ थ्बलनकष् च्ष्लउयअजभ, द्धद्द औं ज्।ज्। क्बपथब त्चष्शष्ल च्बलतब द्यबवचब च्ष्लउयअजभ साथै २०१७ मा १७ औं न्बबिधबलब प्बचmबउब को उपस्थितिले यस बिसीसी युकेका गुम्बाको महत्व, बौद्ध धर्मालम्वीहरुको लािग बिशेष धर्म स्थल रहेको जानकारी गराउन चाहन्छु । यसरी माहायाना परम्परा अन्तरगत (४) चारै संप्रदायका ज्ष्क ज्यष्लिभकक हरु र दर्जनौं वरिष्ठ भन्तेज्यूहरु मात्र नभएर, हिनायानाका वरिष्ठ भन्तेज्यूहरु साथै चाईनीज च्ष्लउयअजभ हरुको आर्शिवादले पूर्णता पाएको गुम्बा यस लोकमा पाउन सायदै संभव छ भन्दा अत्युक्ती नहोला ।
बिसीसी युकेका टाशी द्योङाक छ्योलीङ गुम्बाको संरक्षक ९एबतचयल० मा ज्।ज्। म्बबिष् ीबmब हुनुहुन्छ । यस अर्थले पनि गुम्बाको महत्व अझ शिखरमा पुगेको छ, भन्नुमा गल्ति नहोला ।
अन्तमा संयुक्त अधिराज्य बेलायतको दक्षिणी भागमा अल्डरसटमा अवस्थित यो टाशी द्योङाक छ्योलीङ्ग (बिसीसी युके) गुम्बा बौद्ध धर्मालम्वीहरुको आस्थाको धरोहर हो भन्दा गल्ती नहोला । त्यसैले यस गुम्बा कार्यसमितिमा जो जो नामकरण हुन्छन् उहाँहरु निर्वाचित नभएर स्वयंसेवाको भावना लिएर केही समय अवधिको लागि संगठित कार्यसमिति हुनेछ । हालैमा म संग स्वंयसेवकहरुको भावना लिएर गठित संघलाई तेस्रो कार्यसमिति हो भनेर बुझ्नु होला । गत बर्ष मेरो अगुवाईमा तेस्रो कार्यसमितिको चयन हुनु अनि यो बर्ष २०१९ मे १८ बुद्ध जयन्तीको पावन अवसर साथै ज्।भ्। म्गउकष्लन च्ष्लउयअजभ को बाहुलीबाट यो स्मारिकाको समुद्घाटन गर्नु पाउनु म लगायत तेस्रो कार्यसमितिका सम्पूर्ण सदस्यहरु लगायत बेलायतवासी सम्पूर्ण बौद्ध धर्मालम्वीहरुको अहोभाग्य हो ।
यो हामीहरु सबैको लागि शु–अवसर सिर्जना गरिदिने धर्म मित्रहरु हुनुहुन्छ, ले.(रि) काजी शेर्पाको अगुवाईमा गठित पहिलो कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरु साथै ले. (रि) नारायण प्रसाद गुरुङ द्य।भ्।ः। को अगुवाईमा गठित दोस्रो कार्यसमितिका सम्पूर्ण सदस्यज्यूहरु साथै धर्म सम्बन्धिको अगुवाई मात्र नभएर जुनसुकै काम अथवा परिस्थितिको अगुवाई गर्नुहुने र हामीहरुले कहिले पनि बिर्सन नहुने आमा समूह, श्रीमति ज्ञानु गुरुङको अगुवाईमा गठित पहिलो कार्यसमिति अनि सबै सदस्यहरु र श्रीमति पुष्पा गुरुङको अगुवाईमा गठित दोस्रो कार्यसमिति अनि सबै सदस्यहरुमा म लगायत तेस्रो कार्यसमिति आभार प्रकट गर्दछौं ।
संयुक्त अधिराज्य बेलायतमा बुद्ध धर्मको अगुवाई गर्नेमा केही धर्म मित्रहरुको मात्र नाम लिएर अन्याय हुन जाने छ ‘तन, मन र धन’ साथै जन पनि दिने धर्म मित्रहरु हजारौंको संख्यामा धर्मको पछि नलागी दिनु भएको भए बिसीसी युके अहिलेको अवस्थामा आई पुग्ने थिएन । तसर्थ सर्वप्रथम १०००–५००० पाउण्ड दिएर बिसीसी युकेको ट्रष्टी बनिदिनु हुने सबै ट्रष्टी मेम्बर, आजीवन सदस्यहरु १ पाउण्ड डाइरेक्ट डेविड गर्ने दिएर १० हजार भन्दा माथीको नगद, जिन्सी र श्रमदान गरेर बुद्ध धर्मलाई संयुक्त अधिराज्य बेलायतमा र युरोप देशहरुमा मात्र नभएर संसारभरि नै फैलाउन आप्mनो दिलो ज्यान दिएर लागी पर्नुहुने सबै प्यारा धर्म मित्र गणहरुको योगदानको वर्णन गर्ने र कदर गर्ने शब्द मेरो मानस पटलमा रहनेछ भनेर बुझिदिन विनम्र अनुरोध गर्दछु, किनकी म लगायत यो तेस्रो कार्यसमितिको तर्फबाट मुरीमुरी धन्यवाद साथै आभार प्रकट गर्दछौं ।
यो बिसीसी युके टाशी द्योङाक छ्योलीङ्ग गुम्बा (गोनपा) ले सबै धर्म मित्रहरुको साथ सधै यसरी नै पाइरहोस् । उत्तरोत्तर प्रगतिको कामना गर्दछु । “भवन्तु सर्व मंगलम”
अध्यक्षः– बिसीसी युके
नरेश क्रोह्गीलामा गुरुङ
ब्राक्नेल, बेलायत

Back To Top
error: Content is protected !!