आर्यतारा मेरी आमा

आर्यतारा मेरी आमा
ओम् तारे तुत ्तारे तुरे स्वाहाः
आर्यताराकोऐतिहासिक पृष्ठभूमि ः
प्राचीनकालमा ढोलध्वनी (सा·ेङाढा) नामक बुद्धकोयुगमा आर्यताराकोएक जन्ममा ज्ञानचन्द्र(हिशेदावा) नामक राजकुमारीकोरुपमा जन्मनुभयो। राजकुमारी ज्ञानचन्द्रलेढोलध्वनी बुद्ध सामुबोधिसत्व शील ग्रहण गर्नुभयो। राजकुमारीलेढोलध्वनी बुद्धका शिष्य बोधिसत्व भिक्षुभिक्षुणी संघकोसश्रद्धा सेवा सत्कार नियमित रुपमा गरी अपार पुण्य आर्जन गर्नुभएकोदेखेर बोधिसत्वहरुलेराजकुमारी ज्ञानचन्द्रलाईकरुणा पूर्वक सल्लाह दिनुभयोकि, तपाईंलेबुद्ध बोधिसत्वहरुकोअत्यन्तैश्रद्धापूर्वक सेवा गरेर असिम पुण्य आर्जन गर्नुभएकोछ र त्यस पुण्यकोआधारमा प्रार्थना–प्रणिधान दृढसंकल्प गरेमा अर्कोजन्ममा पुरुष–निर्माण काय बोधिसत्वकोजन्म लिईजगत प्राणीकोउद्धार गर्नुहुने छ भन्दा राजकुमारीलेभन्नुभयोकि, हजुरहरुलेदिनुभएकोसल्लाहकोलागि साधुवाद छ तर पुरुष बोधिसत्वहरु धेरैसंख्यामा छन्महिला बोधिसत्व भनेदिनकोतारा झैँभएकोले म नारी कैरुपमा बुद्धत्व प्राप्त गरी जगत संसारकोहित कल्याण उद्धार र मुक्ति गर्नेछु भनी अधिष्ठान गर्नुभयो।
दृढ अधिष्ठान गरेअनुसार जगत हितकोनिम्ति जप, तप ध्यान–साधना जस्ता अनेक उपायकोअवलम्वनद्वारा “सर्वप्राणी मुक्ति समाधी” र “सर्वमार दमनकर” नामक समाधी लाभ गर्नुभयो। उक्त समाधीद्वारा प्रत्येक दिन हजारौंप्राणी भवसंसारबाट तार्नु भएकोलेतत्पश्चात्उहाँकोनाम पनि ज्ञानचन्द्रकोसट्टा तारादेवी शुभ नामलेप्रसिद्ध भयो
। तारा शब्दकोअर्थआकाशकोतारा नभईभवचक्रका दुर्गतीकोभयबाट तार्नुका साथै सबैरोगव्याधी, दुर्दशा, विघ्नबाधा–अड्चनबाट तार्नेभएकोलेतारा भनिएकोहो।
कल्पौँकल्पकोअथक सद्धमार्गअभ्यासद्वारा पञ्च मार्गदश भूमि पूर्णगरी बुद्ध ज्ञान प्राप्त गर्नुभयो। त्यसरी तारादेवी स्त्रीकोरुपमा बुद्धत्व प्राप्त गर्नेउहाँसंसारकै
प्रथम महिला बोधिसत्व हुनुहुन्छ । योभद्रकल्पकोचार युगमध्येसत्य र त्रेतामा आर्यवलोकितेश्वरलेतारातन्त्रोपदेश देशना गर्नुभयोभनेकलियुगमा शाक्यमुनि बुद्धद्वारा पनि उक्त तन्त्रोपदेश देशना गर्नुभएकोहो। सोतारातन्त्रोपदेश आर्यभूमि भारत वर्षव्यापी यत्रतत्र सर्वत्र फैलियो। त्यसरी नैआर्यदेश भारतमा तारादेवीलाईईष्टदेवकोरुपमा तारा साधनाद्वारा बोधिज्ञान लाभ गर्नुहुनेअतिश दीपड्ढर लगायत अनगिन्ती साधकहरुकोउदय भएकोथियो।
अतिश दीपड्ढरलेतारा साधना गर्नेवखत मानिसलेमानिसलाईभेटेजस्तैतारादेवीलाई प्रत्यक्ष साक्षांत दर्शन पाएर प्रत्येक दिन ४÷४ धर्मश्लोककोदीक्षा पाउँनुभएकोथियो। साथैएक समय ईष्टदेव तारादेवीलेउहाँअतिश दीपड्ढरलाईयसरी भविष्यवाणीकोमार्ग निर्देशन गर्दैआज्ञा गर्नुभयोकि, आर्यदेश भारतमा बसेर धर्मसाधना अभ्यास गर्नुभन्दा हिमाली भोट क्षेत्रमा गएर सद्धर्मकोसाधना गर्नुदिन दुईगुणा रात चौगुणा लाभ हुनेछ
र भोट क्षेत्रमा जाँदा तुलनात्मक रुपमा अलि अल्पायुहुनेभए पनि हिमाली क्षेत्रमा सद्धधर्मको जग अत्यन्तैप्रवल हुनेहुँदा तपाईंभारतमा नबसी भोटतिर प्रस्थान गरेउत्तम हुनेसन्देश दिनुभयो। आर्यतारादेवीकोनिर्देशन अनुसार तारा तन्त्रोपदेशलाईअथक प्रयत्नपूर्वक अतिश दीपड्ढरलेहिमाली भोट क्षेत्रमा गईप्रचार–प्रसार गर्नुभएर उक्त तारा तन्त्रोपदेश भोट क्षेत्रमा प्रचलित ङिङ्मा, साक्य, काग्यू, जोनाङ र गेलुग आदि सबैपरम्पराहरुलेदैनिकी रुपमा साधना गर्नेगरिन्छ ।
एक्काईस ताराकोउत्पत्ति वर्णन ः
आर्यताराकोअनगिन्ती अनेक रुपहरु मध्येसर्वचर्चित एक्काईस आर्यताराकोउत्पत्ति यसरी भएकोथियो। एक समयमा महाकारुणीक बोधिसत्व आर्यअवलोकितेश्वरलेअसंख्य प्राणीहरुकोउद्धार मुक्ति गरेकोर अब यस दुःख भव संसारमा एउटा पनि प्राणी बाँकी छैन भन्नेठानेर पुनः संसारतिर निहाल्दा पहिलेकोभन्दा संसार रित्तिनुकोसट्टा क्लेश आश्रव
र प्राणीकोसंख्या पनि दोब्बर बढेकोअवस्था देख्दा इच्छा शक्ति क्षिण हुनुका साथैनिराशले भाव विवोर भईरुनुभयो। उहाँकोआँखाबाट झरेकोआँशुएक अमृतकुण्डमा परिणत भयो। अमृतकुण्डकोबीचमा २१ पत्रेकमलकोफुल फुल्यो। उक्त कमलकोफुलको
प्रत्येक पत्रमा एक्काईस आर्यतारा उत्पन्न भए । उत्पन्न एक्काईस तारालेआर्यअवलोकितेश्वर समक्ष गएर यसरी आत्मवल अर्पण गर्दैविन्ती विसाउँनुभयोकि हजुर यसरी निराश नहुनुहोस्। सबैप्राणी संसारिक महाभयबाट मुक्त गरी बुद्धत्व लाभ प्राप्ति गर्नेहजुरको महान मुक्ति लिलामा होस्टेमा हैसेगर्नेसंकल्प गर्दछौं। यसरी एक्काईस ताराकोरुप र लिला अनेक भए पनि सारमा एकैआर्यतारादेवी नैहुन्।
एक्काईस तारा स्तुती प्रार्थना ः
प्रत्येक ताराको४÷४ श्लोक विशेषगरी वैरोचना बुद्ध, शाक्यमुनि बुद्ध तथा आर्यअवलोकितेश्वर लगायत बुद्ध–बोधिसत्वहरुलेसबैतारातन्त्रोपदेशकोसार एक्काईस तारा स्तुती प्रार्थनाकोरुपमा प्रतिपादन गरी देशना गर्नुभएकोहो। योस्तुती प्रार्थना वाचन गरेकोखण्डमा अत्यन्तैलाभदायक हुन्छ ।
मैलेपनि जीवनभर आर्यताराकोस्तुती–प्रार्थना, पूजा–साधना दैनिक जीवनमा नियमित रुपमा गर्दैआएकोफल प्रत्यक्ष रुपमा अनुभव गरेकी छु। जस्तोनिसन्तानलाईसन्तान, निर्धनलाईधन, रोगीलाईनिरोगी, अधर्मलाईसद्धर्म, अशान्तिलाईशान्ति, दुःखीलाईसुखी इत्यादि सिद्धि एवम्आशीर्वाद प्राप्त भएकोमैलेव्यहोरेकोअनेक घटनाहरुबाट छर्ल· हुन्छ । मेरोआÇनोजीवनकोहरेक विधामा एउटा आमाकोएकल पुत्रलाईऔधि माया गरेझैँमलाईपनि आर्यतारा आमालेदिनुभएकोकरुणामयी आशीर्वादकोवर्णन गर्ने मसँग त्यस्तोकुनैशब्द नैछैन । पाठक वर्गहरुलेपनि यसरी आर्यतारा आमा बारेविस्तृत अध्ययन गर्नुभईउहाँकोगुण स्मरणका साथैस्तुती, प्रार्थना, तारा साधना इत्यादि गर्नु भए जन्म जन्मान्तरसम्म फलिफाप हुनेर अन्तत्व मुक्ति हुँदैबुद्धत्व प्राप्ति हुनेसुनिश्चित छ ।
आर्यतारा आमा साधनाले सर्वप्राणी संसार मुक्ति बुद्ध प्राप्तिको उद्देश्य बनोस् ।
भवतुसर्वम·लम्।।
पस्तोताः्र श्रीमती ज्ञानुगुरुङ