skip to Main Content
01252 338765

पूर्वागत अभ्यास (ङोन्डो) को विशेषता नमो बुद्धरत्न † नमो धर्मरत्न † नमो संघरत्न †

  • News
पूर्वागत अभ्यास (ङोन्डो) को विशेषता नमो बुद्धरत्न † नमो धर्मरत्न † नमो संघरत्न †

सर्वप्रथम, यस बि.सि.सि. यूके गुम्बाले सफलतापूर्वक १२ वर्ष पुरा गरेको उपलक्ष्यमा बधाई एवं आगामी दिनहरूमा सफलताको शुभकामना । हामी विदेशमा रहेर पनि यस गम्ुबामार्पmत् आप्mनो मौलिक धर्मलाई अंगालेर बुद्ध भगवान्को पवित्र ज्ञान र उपदेशहरूको अनुुसरण गर्न पाउनु हामी बौद्धमार्गीहरूको लागि सौभाग्यको कुरा हो । यस गुम्बाबाट समयसमयमा सञ्चालन गरिएका धर्म प्रवचन तथा विभिन्न ध्यान साधनाका अभ्यास जस्ता क्रियाकलापहरूले यहाँका जनमानसमा ठूला सहयोग पु¥याई रहेको छ । यसैगरी सन् २०१६ मा हामीले पनि यस बि.सि.सि.यूके गुम्बाबाट प्रथमपटक परम पूज्यनीय गुरु दिल्गो खेन्चे रिन्पोक्षेज्यूले रचना गर्नुभएको अति महत्वपूर्ण ङोन्डो (पूर्वागत अभ्यास) को साधना गर्ने सौभाग्य मिलेको थियो । धर्म भनेको के हो ? धर्म गर्न किन आवश्यक छ ? र यसको औचित्य के हो ? भन्ने कुरा बुभ्mनको निम्ति यी ङोन्डोको अभ्यास गर्नु अत्यन्त आवश्यक छ । यो अभ्यास हामी जस्ता गृहस्थीहरूले पनि सहज तरिकाले गर्न सकिन्छ । ङोन्डो शब्द धेरै जनाका लागि नौलो शब्द हुनसक्छ । ङोन्डो शब्दको अर्थ नेपालीमा अगाडि बढ्नु वा प्रवेश गर्नु हो । ङोन्डोको अभ्यासलाई नेपालीमा पूर्वागत अभ्यास भनिन्छ । यसलाई अंग्रेजीमा “The preliminary Practice” भनिन्छ । ङोन्डो अभ्यासको मूल उद्देश्य मनलाई शुद्धिकरण गर्नु र मनको स्वभावलाई बदल्नु हो । अंग्रेजीमा यसलाई  “To purify mind then to transform mind”  भनिन्छ । यो अभ्यासको आप्mनै प्रक्रिया छ । सुरूमा योग्य गुरुबाट वाङ र लुङ (अभिषेक र आगम) प्राप्त गरी राम्ररी दीक्षित हुनु आवश्यक छ । यस अभ्यासमा विभिन्न किसिमका उपदेश, शरणगमन ढागे, बोधिचित्तोत्पाद, वज्रसŒवको सताक्षरी मन्त्र जप, रत्नमण्डल अर्पण र गरुुयागे, ध्यान–साधना आदिका अभ्यासहरू समावेश गरिएका छन् । विशेषगरी सुरूमा यी चार मूल विषयहरूलाई राम्ररी बुझेर चिन्तन, मनन र भावना गर्नुपर्ने हुन्छ । ती यसप्रकार छन् – १) दुर्लभ मानव जीवन, २) अनित्य जीवन, ३) कर्मफल, ४) संसारिक दोष वा दुःख हुन् । वास्तवमा मानव जीवन प्राप्त गर्नु अति दुर्लभ छ । यस्तो दुर्लभ जीवन प्राप्त गरे पनि यो जीवन अनित्य छ । त्यो पनि कहिले, कहाँ र कसरी अन्त्य हुने हो निश्चित छैन भनी पूर्वागत अभ्यास, बोधिचर्यावतार, गुरु समन्तभद्र मुखागम आदि शास्त्रहरूमा बताइएको छ । त्यसैले बेलैमा धर्म गर्नू । राम्रो कर्म गरेर पुण्य सञ्चय गर्नू । जति पनि कल्याणकारी महान् कार्यहरू गर्नसक्ने भनेको नै यो मानव देह र मनुष्य लोकमा मात्रै हो । यो अवसर अरू लोकमा सम्भव छैन भनेर पुष्टि गरेको पाइन्छ । कर्मफलमा पनि विश्वास गर्नू । किनकि जस्तो कर्म गर्छ त्यस्तै फल प्राप्त हुन्छ । जस्तै पूर्वजन्मको कर्मलाई बुभ्mनु छ भने अहिलेको वर्तमान् अवस्थालाई हेर्नू । भविष्यकोे अवस्थालाई बुभ्mनु छ भने अहिलेको कर्मलाई हेर्नू । त्यसैले कर्मफलको सम्बन्धमा भ्रममा नपर्नू । बरू बेलैमा नराम्रा कर्मलाई त्यागेर राम्रा कर्म गर्नू भनी बताइएको छ । यस्तो दुर्लभ जीवन प्राप्त गरे तापनि संसारिक दुःखबाट कसैले पनि छुटकारा पाउन सक्दैन ।
दुःखहरूको बारेमा भन्नुपर्दा ः १) जन्म दुःख, २) बिरामी हुँदाको दुःख, ३) वृद्धावस्थाको दुःख र ४) मृत्यु हुँदाको दुःख । यी बाहेक अन्य दुःखहरू अनगिन्ती छन् । जस्तै ः आपूmले प्राप्त गर्न खोजेको कुरा प्राप्त नहुँदाको दुःख । आपूmलाई मन परेका चिज, वस्तु वा कार्यपद् गुमाउनु पर्दाको दुःख, मन परेको व्यक्तिसँग सँगै बस्न नपाउँदाको दुःख । मन नपरेको व्यक्तिसँग सँग ै बस्नु पर्दाको दुःख हुन् भने अन्य लोकहरूमा पनि त्यतिकै दुःख छ भनी शास्त्रहरूमा बताइएको छ । नर्क लोकमा तातोमा झन् तातो र चिसोमा झन् चिसो खप्नुपर्ने दुःख । प्रेतलोकमा भोक र तीर्खाले तड्पिनु पर्ने दुःख, पशुलोकमा एकले अर्कोलाई खाने भय, अर्काको वशमा परी काममा जोतिनु पर्ने दुःख, असुर लोकमा झैंझडा, युद्ध आदिको दुःख, देव लोकमा पनि पुण्य समाप्त भई दुर्गतिहरूमा पतन हुनुको दुःख आदि अनन्त दुःखहरू रहेका छन् भनी यावत कुराहरू यस पूर्वागत अभ्यासलगायत अन्य शास्त्रहरूमा विस्तृत रूपमा व्याख्या गरिएको छ । त्यसैले जब हामीलाई यी कुराहरूको बोध हुन्छ तब मनमा वैराग्य उत्पन्न हुन्छ । जब मनमा बैराग्य उत्पन्न हुन्छ अनि मात्र उसले मुक्ति, मोक्ष र निर्वाणको बाटो अपनाउन सुरू गर्दछ । यो नै धर्मको अभ्यास वा अध्यात्मिक ज्ञान हो । मैले पनि यस ङोन्डोको अभ्यासलाई गुरुहरूबाट देशना भए बमोजिम दैनिक रूपमा निरन्तर चिन्तन, मनन र भावना गर्दे जाँदा धेरै कुराहरू बुझ्दै गएको अनुभुति भयो । दिन– प्रतिदिन एउटै शब्दबाट अर्थहरू खुल्दै गएको पाएँ । मनमा एक किसिमको आनन्द आइरहेको आभास हँुदै गयो । जीवनमा भोगेका दुःखका पीडाहरू कम हुँदै गइरहेको महशुुस भयो । विशेषगरी अनित्यको भावनाले गर्दा मेरो जीवनशैलीमा धेरै परिवर्तन आयो । मलाई लाग्छ अनित्यलाई राम्ररी बुझेर दैनिक रूपमा चिन्तन, मनन र भावना गर्न सकेको खण्डमा अवश्य पनि हामीलाई दुःख दिने ती महा रोगहरू जस्तै ः काम, क्रोध, लोभ, मोह र अविद्याजस्ता क्लेशहरूलाई धेरै नै न्यूनिकरण गर्न सकिन्छ कि भन्ने मलाई लागेको छ । मैले यी सबै कुराहरू यसै ङोन्डोको अभ्यासबाट प्राप्त गरेको हूँ । उमेरको हिसाबले अध्यात्मिक क्षेत्रमा ढिलो प्रवेश गरे तापनि खुसी नै छु । ढिलै भए पनि जीवनमा अति महत्वपूर्ण कुराको अभ्यास गर्ने सौभाग्य जु¥यो । त्यसमा म आपूmलाई ज्यादै भाग्यशाली ठानेको छु । भौतिक सम्पत्तिले हामीलाई क्षणिक समयको लागि खुसी र सुख दिन्छ भने अध्यात्मिक ज्ञानले हामीलाई सदैव खुसी र सुख दिन्छ भन्ने कुरामा म विस्वस्त छु । आज यिनै कुराले गर्दा मनमा धेरै सुख, शान्ति र आनन्द मिलेको छ । यहाँहरू पनि यही सुख, शान्ति र आनन्दको खोजीमा हुनुहुन्छ भने अवश्य पनि यो ङोन्डोको अभ्यास गर्नुहोला भनेर विनम्र अनुरोध गर्दछु । अन्त्यमा, मलाई यस अभ्यासमा आप्mनो अमूल्य समय दिएर दीक्षित गराउनुहुने मेरा सम्पूर्ण गुरुज्यूहरूलाई हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु । साथै यस गुम्बा निर्माण गरेर बुद्ध भगवान्को धर्म पैmलाउन र जनहितको कल्याणकारी कर्महरू गर्न सफल हुनुभएका यस बि.सि.सि यूके गुम्बाका विशेष व्यक्तित्वहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । धन्यवाद । ।। भवतु सर्व मङ्गलम् ।।

Back To Top
error: Content is protected !!