skip to Main Content
01252 338765 info@bccuk.org

‘बिसीसी गुम्बा’ सबैको सामूहिक प्रयासले गरिएको कामको प्रतिफल हो

  • News
‘बिसीसी गुम्बा’ सबैको सामूहिक प्रयासले गरिएको कामको प्रतिफल हो

 

संस्थापक अध्यक्ष काजी शेर्पा
कुनै पनि संघसंस्था गठन गर्दैमा आप्mनो उद्देश्यमा पुग्न सकिदैन । उद्देश्य प्राप्त गर्नका लागि संस्थाका पदाधिकारीहरुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसमा पनि विदेशी भूमिमा संस्था स्थापना गरी त्यसलाई सही दिशामा डो¥याउनु भनेको अझ चुनौतिपूर्ण कुरा हो । बेलायतकै कुरा गर्ने हो भने करिब ३०० भन्दा बढी नेपाली संघसंस्थाहरु गठन भएका छन् । त्यसमध्ये कतिपय आप्mनो उद्देश्य अनुरुप अगाडि बढिरहेको छ भने कतिपय अझ संघर्षरत छन् । ति मध्ये आप्mना उद्देश्य अनुरुप मार्गमा अगाडि बढिरहेको बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) पनि एक हो । जुन संस्थाले नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसट सहरमा जनस्तरबाट छोटो समयमै भवन खरीद गरी बौद्ध गुम्बा बनाउन सफल भएको छ । जहाँ गौतम बुद्धका सिद्धान्त अनुरुप अभ्यास गरिन्छ । बिसीसीका संस्थापक अध्यक्ष काजी शेर्पाका अनुसार यस गुम्बामा हालसम्म १७००० जना आगन्तुकले भ्रमण गरिसकेको छ भने १००० जना भन्दा बढी स्थानीय विद्यालयका विद्यार्थीहरुलाई गौतम बुद्ध र बौद्ध धर्म बारे जानकारी लिइसकेका छन् । त्यस्तै, यस गुम्बा नेपालीहरुको सक्रियतामा स्थापना गरिएको भएता पनि यहाँ श्रीलंका, स्थानीय अंग्रेज, चाइनिज, बंगलादेशी, युरोपियन बौद्ध धर्ममा आस्थावान भक्तजनहरुले प्रार्थनाका साथसाथै मेडिटेशन कक्षामा सहभागी हुदै आएका छन् । जुन संस्थाले बौद्ध दर्शन मात्र होइन नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सो संस्थाको गठन, विकास र गुम्बा निर्माण सम्बन्धमा सोही संस्थाका संस्थापक अध्यक्ष काजी शेर्पासंग सम्पादक मण्डलले गरेको छोटो कुराकानी ।

 

बिसीसी युकेको स्थापना गर्ने सोंच कसरी आयो?
मेरो जन्म सोलुमा भएको हो । म १६ बर्षमा ब्रिटिश आर्मीमा भर्ति भएँ । जहाँ मैले २४ बर्ष बिताएँ । भर्ति हुने बेलामा आप्mनो धर्म उल्लेख गर्नुपर्ने थियो । प्रायः सबैले धर्म ‘हिन्दू’ नै उल्लेख गरेर आउने प्रचलन थियो । तर, मैले मेरो धर्म ‘बौद्ध’ भनेर उल्लेख गरेर आउन सफल भएको थिएँ । सायद यसरी आउने म चाँही पहिलो व्यक्ति हुनु पर्दछ । पल्टन भित्र बौद्ध धर्मको गुरु लामाको व्यवस्था थिएन । जहाँ हिन्दू संस्कार अनुरुपको पुरोहितको मात्र व्यवस्था मिलाइएको थियो । गुरुङ, मगर, राई, लिम्बु, थकाली, शेर्पा, तामाङ्ग आदिले देखावटी रुपमा भएपनि हिन्दू संस्कारलाई अनुशरण गर्नुपर्ने थियो । त्यो बेला मलाई पल्टन भित्र बौद्ध धर्म संस्कार अनुरुप पूजापाठ गर्ने लामा भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । सन् २००२ सालमा म पल्टनमै हुँदा मैले गोर्खा आर्मी र ब्रिटिश आर्मी बीच एउटै नियम कानून किन छैन भनेर एमओडी (रक्षा मन्त्रालय) मा मुद्दा हालें । मैले त्यसै मुद्दामा पल्टनमा बौद्ध लामा पनि हुनुपर्ने कुरा राखे । टर्म एण्ड कन्डीशन परिवर्तन भएर आयो । तर, लामा राख्ने कुरा भने नयाँ टर्म एण्ड कन्डीशनमा समावेश हुन सकेन । नयाँ नियम अनुसार मैले सन् २००२ सालमा बेलायतको नागरिकता लिएँ । त्यसपछि सबै गोर्खाहरुले नयाँ नियम अनुसार ब्रिटिश नागरिकता लिने अवसर प्राप्त ग¥यो । सन् २००३ सालमा म अवकाश आएँ । भूतपूर्व गोर्खाहरु बेलायतमा आउन थाल्यो । मानिसहरुको निधन पनि हुनगयो । आप्mनो संस्कार अनुसार काजक्रिया गर्न बढो दुःख भयो । हामीलाई एउटा गुम्बाको व्यवस्था गर्न पाए आप्mनो संस्कार अनुसार काजक्रिया गर्न पाइन्थ्यो भन्ने महसुस हुनगयो । त्यसका लागि हामीले सन् २००७ सालमा बुद्धिष्ट कम्युनिटी सेन्टर गठन गर्न सफल भयौं ।

नयाँ ठाउँ, नयाँ परिवेशमा गुम्बा स्थापना गर्न त निकै कठिनाई भयो होला, शुरुमा कतिको संघर्ष गर्नुप¥यो?
संस्था गठन गर्नुपर्छ त भनियो तर त्यति सजिलो भने थिएन । एकदमै च्यालेन्ज थियो । शुरुमा म लगायत ५ जना साथीहरुबीच सल्लाह भएअनुसार संस्थाको शुरुवात गरियो । तर, केही समय पछि ४ जना साथीहरु बाहिर निस्कनु भयो र म एक्लै भएँ । फेरि अर्को कमिटी गठन गरियो तर पनि सफलता पाउन सकिएन । तर, मैले आप्mनो अभियानलाई रोकिन, मैले आप्mनो दौडधुप बढाउदै लगें ।
मैले ‘हामीलाई आप्mनो धर्म संस्कार र क्रियाकलाप गर्नका लागि गुम्बा चाहिन्छ, मानिसको मृत्यु भएपछि आप्mनो संस्कार अनुरुप अन्तिम संस्कार गर्नका लागि पनि गुम्बाको जरुरी छ’, भन्दै गएँ । त्यसबेला मलाई धेरैले पागल पनि भने । तर, म निरन्तर लागि रहें, आखिर कसैले नचिताएको सपना पुरा हुन गयो । संस्थाको नामाकरणमा समेत धेरै छलफल गरियो, कसैले नेप्लिज बुद्धिष्ट कम्युनिटी सेन्टर राख्ने सुझाव पनि आयो । मैले नेपालीलाई मात्र लक्षित नगरौं, सबैलाई समेटिने खालको नाम राख्ने सुझाव दिइयो । सोही अनुरुप बुद्धिष्ट कम्युनिटी सेन्टर युकेको स्थापना हुनगयो । हामीले शुरुदेखिनै बुद्ध जयन्तीलाई निरन्रता दिदैं आयौं । र, नेपालबाट नेपालीमा बग्रिन्दा शिला लगायत नेपाली बोल्ने लामालाई निमन्त्रणा ग¥यौं । उहाँहरुले धार्मिक प्रवचन दिनुभयो । जुन संस्थालाई हामीले सन् २००८ सालमा बेलायतको च्यारिटी कम्पनीमा समेत दर्ता गर्न सफल भयौं । जुन सबै बुद्धिष्टहरुको धार्मिक थलो बन्न सफल भएको छ । आज यो अन्र्तराष्ट्रिय जगतमा पनि परिचित छ ।
बिसीसी युकेले १२ बर्ष पूरा गरिसकेको अवस्था छ, जसको आप्mनै भवन पनि छ, र हजारौं ट्रष्टीजहरु बनाउन सफल पनि भएको छ? यो स्थान सम्म आईपुग्दा कतिको संघर्ष गर्नुप¥यो?
शुरुमा निकै चुनौतिपूर्ण नै थियो । बुद्ध धर्म बारे कुरा बुझाउन निकै गाह्रो पनि थियो । शुरुमा गुरुङ अर्थात् तमु दाजुभाइ तथा दिदिबहिनीहरुले साथ दिनुभयो । पटक पटक खेम्पो गुरु लामालाई ल्याई प्रवचन दियौं, जानकारी गरायौं र धार्मिक क्रियाकलापहरुको आयोजना ग¥यौं । त्यसपछि च्यारिटीमा दर्ता गर्ने अर्को चुनौति थपियो । च्यारिटी दर्ताका लागि उद्देश्य सहितको विधान बनाउनु प¥यो र अर्को भनेको आर्थिक पक्ष नै हो । शुरुमा हामीसंग जम्मा ६ हजार पाउण्ड मात्र थियो भने अर्को भनेको गुम्बा कहाँ राख्ने वा बनाउने लगायतका बिषयले निकै चुनौतिपूर्ण बनाएको थियो ।

गुम्बाका आर्कषणहरुको बारेमा कलिकति भनिदिनुहोस् ?
विश्वमा थुप्रै गुम्बा बिहारहरु छन्, प्रायजसो आ–आप्mनो समुदाय भित्र मात्र सिमित छ । जहाँ आप्mनो संस्कार भित्र मात्रै राख्ने कोषिश गरिरहेको छ । तर, हामीले त्यस्तो परम्परावादी सोचलाई तोड्दै कुनै एउटा समुदायमा मात्र सिमित नराखेर सिङ्गो मानव जातिको हितका लागि काम गर्दै बुद्ध धर्म टिचिङ्गलाई जोड दिदैं आएका छौं । त्यसैले पनि यसको छुट्टै गरिमा र महत्व बढ्दै आएको छ । वास्तवमा भन्ने हो भने, यो गुम्बा धेरै कारणले महत्वपूर्ण छ किनभने निङ्पा सम्प्रदायका धर्म गुरु दिलको खेन्चे रिन्पोचेले यस गुम्बाको प्राण प्रतिस्थान (सिलन्यास) गर्नुभयो । शाक्य सम्प्रदायका हिज होलिनेश त्रिजेन बज्ररत्न रिन्पोछेले २ पटक पूजापाठ गर्नुभयो । त्यसैगरी बुद्ध धर्मका अवतार हिज होलिनेश दलाई लामाले सन् २०१५ सालमा यस गुम्बाको समुद्घाटन गर्नुभयो ।
त्यस्तै, गुम्बा भित्र ‘बुद्धको ८ फिट अग्लो प्रतिमा’ रहेको छ जसलाई निङ्पा सम्प्रदायका मुख्य गुरु अर्थात् सेचन गुम्बा काठमाण्डौंका हिज होलिनेश रबजम रिन्पोचेले उद्घाटन गर्नुभएको थियो । जुन युरोपकै सबै भन्दा अग्लो बुद्धको मूर्ति भित्र पर्दछ ।
अर्को आर्कषण भनेको बुद्धको पञ्चशिललाई लिपिवद्ध गरि राखिएको छ । जसलाई हिज होलिनेश कर्मपाले सन् २०१६ सालमा उद्घाटन गर्नुभएको थियो ।
त्यस्तै, बुद्ध धर्ममा अत्यन्त महत्व राख्ने छोर्तेन समेत यसै गुम्बा निर्माण गरिएको छ । जसलाई दलाई लामा स्वंयले उद्घाटन गर्नुभएको थियो ।
साथसाथै यस गुम्बामा ताईवानका धर्मगुरु, थेरवाद र भन्तेहरुले पनि पटकपटक आर्शिवाद दिनुभएको छ । जसे यस गुम्बालाई अझ पवित्र बनाएको छ । साईजको हिसावले गुम्बा सानो भएता पनि यसको महत्व दिनहुँ बढ्दै आएको छ । यहाँ चारैवटा सम्प्रदायका धार्मिक परम्पराअनुसार विभिन्न क्रियाकलापहरु हुने गर्दछ । छोटोमा भन्नु पर्दा हामी असाध्यै भाग्यमानी छौं, विदेशी भूमिमा पनि हामीले आप्mनो संस्कार अनुसार विभिन्न क्रियाकलापहरु गर्न पाएका छौं । हामीले यस गुम्बालाई तिर्थ स्थलको रुपमा पाएका छौं । यो हाम्रो बुद्ध धर्मप्रतिको विश्वास र कामप्रतिको लगनशिलताको प्रतिफल हो । राम्रो कर्मको परिणाम हो ।
संभावना भएको ठाउँमा चुनौति पनि त्यतिनै हुन्छन् रे, गुम्बा भित्र के के चुनौतिहरु देख्नु भएको छ? कि यहाँ चुनौतिहरु नै छैनन् ।
हिजो गुम्बा बनाउन सकिदैन कि भन्ने चुनौति थियो, त्यो चुनौति टरेर गएको अवस्था छ । तर, सबैभन्दा ठूलो चुनौति भनेको अझै पनि बुद्धका उपदेश, ज्ञान र विचारहरुलाई व्यवहारमा लागू गर्न सकिएको छैन । बुद्ध धर्म के हो? मानव जीवनमा यसको कतिको महत्व छ? उहाँको सिद्धान्तहरुलाई कसरी पालना गर्ने भन्ने र सुखको बाटो कसरी खोज्ने भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ ।

अल्डरसट टाउन भित्र यति ठूलो गुम्बा बनाउन सफल हुनुभएको छ, यो त अर्थ बिना त संभव हुदैन, यो कसरी संभव भयो?
हाम्रो सफलतामा आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका रहेको छ । अर्थ बिना गुम्बा परिकल्पना पनि गर्न सकिदैन । हामीले सन् २००८ सालमा वकिङ्ग भोलिन्टियर सर्भिससंग सहकार्य गरेर केही आर्थिक संकलन गर्न सफल भएका थियौं । त्यस्तै, स्थापना काल देखिनै प्रत्येक बर्ष बुद्ध जयन्ती मनाउदै आएका छौं । र, प्रत्येक बर्ष च्यारिटी डिनर कार्यक्रम पनि आयोजना गर्दै आएका छौं । जहाँ थुप्रै सहयोगी हातहरुलाई आर्थिक सहयोग गर्नुहुन्छ । अर्को भनेको सदस्यता हो । हामीले आर्थिक सहयोग गर्ने व्यक्तिलाई बिसीसी युकेको ट्रष्टीज सदस्य बनाएका छौं । त्यसैगरी सन् २०१२ र सन् २०१५ सालमा हिज होलिनेश दलाई लामाको भिजिटबाट पनि आर्थिक संकलन गर्न सफल भयौं ।

तपाईकै पहलमा ब्रिटिश गोर्खा भित्र लामा राख्न सफल हुनु भयो, यो कसरी संभव भयो?
मैले डिफेन्स सेक्रेटरी, अर्म फोर्स र प्रधानमन्त्रीलाई पल्टन भित्र बुद्धिष्टहरु छन् तर लामा र गुम्बा किन छैन भनेर पत्रचार गरें । उहाँहरुले रेकर्डमा बुद्धिष्ट ० प्रतिशत छ भन्नुभयो । तर, हामीले गुरुङ, मगर, राई, लिम्बु, तामाङ्ग र शेर्पाहरुलाई भर्ति हुने बेलामा बाध्यतावस हिन्दू धर्म लेखिएको जानकारी गरायौं । उनीहरुले ३ महिना लगाएर अध्ययन ग¥यो । अध्ययनले ३३ प्रतिशत बुद्धिष्ट रहेको देखायो । हामीलाई चित्ता बुझेन । बेलायतस्थित विभिन्न जातिय संघसंस्थाहरुले आपूmहरुको संस्था भित्र आवद्ध रहेको बुद्धिष्टहरुको संख्या लेखेर पठाउनु भयो । जस्मा तमु धिं युकेले ८० प्रतिशत रहेको र मगर, तामाङ्ग र शेर्पा समाजले शत प्रतिशत बुद्धिष्ट रहेको जनायो । र, मैले ‘आप्mनो धर्म अनुसार संस्कार गर्न किन नपाउने ? अब म मानवअधिकार अदालत जान्छु भनें । आखिर सबैको साथ र सहयोगले आर्मी क्याम्प भित्र लामा ल्याउन सफल भयौं । यो बिसीसी युकेको पहिलो ऐतिहासिक काम हो ।

गुम्बाका लागि भवन खरीद कसरी संभव भयो?
सन् २०१२ सालमा हामीले धर्म गुरु हिज होलिनेश दलाई लामालाई बेलायतमा निमन्त्रणा गरेका थियौं । उहाँको स्वागतका लागि हामीले अल्डरसट फुटबल क्लबमा कार्यक्रम राखिएको थियो । जहाँ स्टुडियमबाट जोडिएको ब्रिटिश टेलिकमको भवन बिक्रिमा रहेको जानकारी पायौं । हामीले खरीदका लागि आवश्यक प्रक्रिया शुरु ग¥यौं । तत्पश्चात हामी ३ लाख ७१ हजार पाउण्डमा सो भवन खरीद गर्न सफल भयौं । त्यसबेला हामीसंग जम्मा ५०÷६० हजार पाउण्ड मात्र थियो । दलाई लामा उपस्थित कार्यक्रममा करिब ६०÷७० हजार पाउण्ड संकलन गर्न सफल भएको थियो । धेरैजसो साथीहरुले सदस्यता लिनुभयो र, आफै भित्रका साथीहरुले केही रकम निव्र्याजेमा दिन तयार हुनुभयो । र, हामीले सो भवन बिना मोर्गेजमा खरीद गर्न सफल भयौं ।
बिसीसी च्यारिटीमा समेत दर्ता भएको संस्था हो, हालसम्म यसले के कस्ता परोपकारी कामहरु गर्दै आएको छ?
हो, बिसीसी आफै पनि बेलायतको च्यारिटी कमिशनमा दर्ता भएको परोपकारी संस्था हो । यसले स्थापना काल देखिनै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सन् २०१५ सालमा नेपालमा महा भूकम्प गएको अवस्थामा भूकम्प प्रभावित क्षेत्रमा घाइतेहरुलाइ तत्काल औषधी उपचारमा सहयोग गर्नका लागि २२ जना डाक्टर, २ जना ईन्जिनियर र १ जना व्यवस्थापक गरी २५ जनालाई नेपाल पठायो । जसले सो क्षेत्रमा आवश्यक सहयोग गरेर फक्र्यो । त्यस्तै, सोही महाभूकम्पबाट क्षतिग्रष्त भएका विद्यालयको मर्मत तथा नयाँ विद्यालय निर्माण गर्नका लागि आर्थिक सहयोग ग¥र्यौ । हामीले नेपालमा मात्र होइन, स्थानीय बेलायतमा समेत सहयोग गदर््ै आएका छौं । हामीले रोटरी क्लब फार्नबोरो, अल्डरसटस्थित म्यानर पार्क, मेयर च्यारिटी कार्यक्रम र भारतको एक विद्यालय लगायतलाई आर्थिक संकलन गरी सहयोग गरेका छौं । त्यस्तै, सहारा युकेलाई समेत ४००० पाउण्ड आर्थिक सहयोग ग¥र्यौ ।

बिसीसी युकेको भावी कार्य योजना बारे जानकारी गराई दिनुहोस् न?
अहिले बिसीसीले पाँच लाख पाउण्डको लागतमा गुम्बाको तला थप्न शुरु गरेको छ । जहाँ ठूलो प्रार्थना हल र मेडिटेशन हल बन्ने छ । र, भविश्यमा बिसीसी युकेले अझ सदस्यता वृद्धि गर्दै लैजाने र बेलायतका विभिन्न सहरहरुमा शाखा विस्तार गर्ने योजना बनाएको छ । यो सम्पूर्ण नेपाली बुद्ध धर्मालम्वीहरुको साझा सम्पत्ती हो । यो एक÷दुईजनाको प्रयासबाट सफल भएको होइन, सबैको सामूहिक प्रयासले गरिएको कामको प्रतिफल हो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि?
यस बिसीसी गुम्बालाई यहाँसम्म ल्याइ पु¥याउन अहम भूमिका खेल्नु हुने दाजुभाइ तथा दिदिबहिनीहरु र बिशेष गरी अहोरात्र खट्दै आउनु हुने आमा समूहलाई हृदय देखिनै धन्यवाद दिन चाहन्छु । त्यस्तै, चारै सम्प्रदायका धर्म गुरुज्यूहरु, सेचन गुम्बाका मुख्य लामा गुरु, खेन्पो, रिन्पोचेहरुको आर्शिवादकै कारण हामीलाई सफलता मिलेको छ । त्यसकारण उहाँहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै, गुम्बाको बिकासका लागि दान गर्नुहुने सबै दानबीरज्यूहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । र, अन्त्यमा वुद्ध जयन्तीको पावन अवसरमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

Back To Top
error: Content is protected !!