skip to Main Content
01252 338765 info@bccuk.org

भारत तिर्थ यात्राका मेरा अनुभूतिहरु

  • News
भारत तिर्थ यात्राका मेरा अनुभूतिहरु

मेजर खुशिमान गुरुङ, सल्लाहकार बिसीसी युके
‘बर्षको एकपटक यस्तो कुनै ठाउँको भ्रमण गर जहाँ तिमि पहिला कहिले नगएको होस्’–परम्पुज्यनिय दलाइ लामा

माथिका भनाईलाई आत्मसाक्षी राखी मैले गत दुइ बर्ष अघिबाट बर्षमा एकपटक कुनै नौलो ठाउँको भ्रमण गर्ने अठोट गरेको छु । जस अन्तर्गत २०१७ सालमा भगवान बुद्ध जन्मिनु भएको स्थल लुम्बिनीबाट शुरु गरि वहाँले वहाँको जीवनकालमा बिताउनु भएको लगभग सबै ठाउँको भ्रमण गर्ने अवसर पाएँ । अनि, त्यसैबर्ष परम पुज्यनीय दलाइ लामाद्वारा कालचक्रको अभिषेक पनि ग्रहण गर्ने शुअवसर मिल्यो । करिब १७ दिनको त्यो यात्रा अत्यन्तै अविस्मरणिय रह्यो ।
२०१७ सालको भ्रमणको थकाई मार्न नपाउदै साथीहरुबाट अनुरोध बर्सिन थाल्यो, साहेब अब हाम्रो अर्को सालको भ्रमण कहिले ? अनि कता होला ? आदि इत्यादी । यस अनुरोधले मलाई फेरी मानचित्र हेर्न बाध्य गरायो । हेर्दै अनि कल्पना गर्दै जाँदा फेरी भारतमा नै जाने इच्छा जाग्यो । अनि यसपटक भने भारतको उतराञ्चल अनि हिमाञ्चल प्रदेश तिर लाग्ने विचार गरें । त्यस पछि मैले एउटा यात्रा चित्र बनाए अनि साथीहरुलाई पेश गरें । जुन यस प्रकार थियो ।
यात्रा नयाँ दिल्लीबाट सुरु भै हरिद्वार, ऋषिकेश, देराहदुन, चन्दिगढ़, छोपेमा, धरमशाला, कत्रा, अमृतसर अनि नयाँ दिल्लीमा आएर बिर्सजन । सबै साथीहरुलाई यस यात्रा चित्र मन पर्यो र हामीले यसको सबै जिम्मेवारी मेरो एक जना परिचित भारतीय मित्र श्री सुशील सिंह जो व्बतबप त्चबखभ िका मालिक हुनु हुन्छ । वहाँ लाई दिएँ । स्मरण रहोस्, सुशीलजीले हाम्रो २०१७ सालको भ्रमण पनि अति सफलताका साथ सम्पन्न गर्नु भएको थियो । ठाउँको तय भैसकेपछि अब कहिले जाने भन्ने तिर लाग्यौं । सबैको बिदालाई मध्येनजर गरि फरवरीको २० बाट मार्चको ३ तारिख यात्राको तिथि तय गरियो ।

    
यात्राको पहिलो दिन (२० फरवरी २०१८)
यात्रीहरु हामी जम्मा ३२ जना थियौं अनि एकजना हाम्रो बिशेष निमण्त्रणामा आउनु भएका श्री बसन्त बिदारी जो लुम्बिनी उत्खनन्का ऋजष्भा ब्चअजबभययिनष्कत पनि हुनु हुन्थ्यो । एउटा ठाउँबाट अर्कोठाउँको बस यात्रा कम्तिमा पनि ४÷५ घण्टाको थियो अनि उक्त समयमा धेरै जस्तो समय बसन्त सरद्वारा गन्तब्य शहरको बारेमा केहि जानकारीहरु दिनुहुन्थ्यो । जसले गर्दा सबैलाई त्यस ठाउँको अवलोकन गर्ने अर्को एउटा थप उत्साह मिल्थ्यो । स्मरण रहोस् वहाँले नै भगवान बुद्ध जन्मिनु भएको स्थानको ढुंगाको पत्ता लगाउनु भएको हो । वहाँ जस्तो व्यक्ति हामीले हाम्रो यात्रामा पाउनु हाम्रो लागि एकदमै भाग्यको कुरो थियो । उक्त दिन सबै जना होटेल राडिसनमा भेला भयौं अनि त्चबखभ िका प्रतिनिधिद्वारा सम्पूर्ण यात्राको छोटकरीमा विवरण दिए पश्चात सबै जना आ–आफ्नो कोठा तिर लाग्यौं । भोलिको मिठो कल्पना गर्दै सबै जना निन्द्रा देवीको काखमा बिश्राम लियौं ।

यात्राको दोस्रो दिन (नयाँ दिल्ली÷हरिद्वार)
बिहान होटलको घन्टीले सबैको निन्द्रा चकनाचुर बनाई दियो । आजको यात्रा अलि सबेरै थियो कारण हामी हरिद्वार रेलद्वारा जादै थियौं । होटलका लबीमा सबै जना दिइएको समय अनुसार जम्मा भयौं । सबैको अनुहारमा उत्साह र उमङ्गका लहर प्रस्ट देखिन्थ्यो । खाजा पछि हामी रेल स्टेशन तिर लाग्यौं । रेल समयमा नै झुल्किए अनि सबै जना आ–आफ्ना सिटमा बस्यौं । भारतको यो रेल यात्रा धेरैको लागि पहिलो पटक नै थियो अनि सो यात्रा हामीले सोचेको भन्दा धेरै राम्रो अनि व्यवस्थित थियो । एयर कन्डिसन कोठा, चिया पानी अनि खाजाको व्यवस्था साथै सफा करिब ५ घण्टाको यात्रा पछि हामी हरिद्वार आइपुग्यौं ।
भारतको उताराखण्डस्थित यो सहर हिन्दू शास्त्र अनुसार एकदमै पबित्र स्थलको रुपमा गनिन्छ । हिन्दू शास्त्रको पौराणिक कथा अनुसार भगवान शिवको जटा बाट गंगा नदीको सुरुवात भएको मानिन्छ । यस स्थानमा हरेक १२ बर्षमा कुम्भ मेल लाग्ने गर्दछ । जहाँ लाखौंको संख्यामा भक्तजनहरुको भिड लाग्ने ग

र्दछ । होटल चेक इन पछि हरिद्वारको प्रशिद्ध मान्श मन्दिरको दर्शन गर्यौं । बेलुकी पख गंगाको तीरमा आरति महोत्सवको आनन्द अनि आर्शिवाद लिई होटल तिर लाग्यौं । 

यात्राको तेश्रो दिन (हरिद्वार, ऋषिकेश, देराहदुन)
यात्राको तेश्रो दिन बसद्वारा ऋषिकेश पुग्यौं । हरिद्वारबाट २५ किमि उत्तरमा स्थित यो ठाउँ, संसारकै योगका राजधानी मानिन्छ । प्राचिनकाल देखि योगीहरुको बासस्थान रहेको यो ठाउँ जडिबुटीका लागि पनि अति नै प्रसिद्ध मानिन्छ । यहाँका दुई प्रसिद्ध झुलाहरु राम झुला अनि लक्ष्मण झुलाको अवलोकन गरि त्यसै दिन सांझापख हामी देराहदुन तिर लाग्यौं ।

चौथो दिन (देहरादुन देखि चण्डी गढ़ सम्म)
उताराखण्डको राजधानी मानिने यो देहरादुन सहर भौगोलिक तथा सौन्दर्यले भरिपूर्ण छ । नयाँ दिल्लीबाट २३६ किमि उत्तरमा स्थित यस ठाउँमा बिशेष त नेपालीहरुको बस्ति बाक्लो छ । बिशेष गरि भूतपूर्वक सैनिकहरुले भरिएको यो ठाउँ साँचीकै नेपालको कुनै एउटा सहरमा छु जस्तो भान हुन्छ ।
बिहानी ब्रेकफास्ट अनि चिसो हावाका साथ हाम्रो पहिलो गन्तब्य शाक्य गुम्बाको दर्शन थियो अनि त्यसपश्चात हामी यहाँको सबै भन्दा आकर्षित ठाउँ मसूरी भन्ने ठाउँमा गयौं । उक्त ठाउँ निकै उचाईमा भएकोले ज्यादै नै रमणीय अनि टुरिस्टहरुको बाक्लो उपस्थिति थियो । मसूरीको दृश्य अवलोकन पश्चात हामी बसद्वारा चंदिगढ़ तिर लाग्यौं । पाँच घण्टाको लामो बस यात्रा पछि हामी चंदिगढ़ आइपुग्यौं । सबैजना थकित मुद्रामा थिए अनि होटेलको चेक इन पछि बेलुकीको खान खाइवरी आ–आफ्ना कोठा तिर लाग्यौं । 

पाँचौ दिन (चण्डीगढ़ देखि छोपेमा सम्म) 
हरियणा अनि पन्जाबकोबीचमा रहेको यो सहर अत्यन्तै आधुनिक अनि सफा सहर मध्ये एक हुन्, नयाँ दिल्लीबाट २६० किमि उत्तरस्थित यो सहरलाई स्विस व्यक्ति ीभ ऋयचदगकष्भच ले २०१५ सालमा मास्टर प्लान गरि आधुनिकीकरण गरिएका थिए । चण्डी माईको नामबाट नामकरण गरिएको यो सहर एउटा नमुनाको रुपमा बनाएको छ । 

ब्रेकफास्ट पछि हामी सुरुमा चयकभ गार्डेनको अवलोकन गर्यौं जहाँ १६०० वटा विभिन्न प्रकारका गुलाबहरुको प्रर्दशनी थियो त्यस पछि रक गार्डेन जो फालिएको बस्तुहरुबाट निर्माण गरिएको थियो । सो पछि हामी शुखाना तालको अवलोकन गर्यौं । उक्त भ्रमण पच्ची केहि समयको लागि हामी चण्डीगढ़ बजारको पनि अवलोकन गर्यौं । दिनको खाना पछि हामी छोपेमा तिर प्रस्थान गर्यौं । करिब पाँच घण्टाको बस यात्रा पछि हामी मन्दी भन्ने ठाउँमा आइ होटेल रिजेन्ट पाल्ममा बास बस्यौं ।
छैटौं दिन (मन्दी, छोपेमा, मन्दी)
छोपेमामा होटेल व्यवस्था हुन नसकेको कारण हामी मन्दीमा बस्न बाध्य भयौं । जुन ठाउँ छोपेमाबाट २५ किमि टाडा अवस्थित छ । यो ठाउँ पनि पर्यटकीय क्षेत्र भएकोले पर्यटकहरुको घुईचो निक्कै देखिन्थ्यो । सिमलाबाट १७५ किमि उत्तरमा रहेको यो ठाउँमा जम्मा २६ हजार जनसंख्या भएको तथ्यांक छ । 

आजको हाम्रो मुख्य गन्तब्य छोपेमा थियो । सो बिहानको खाजा खाई बसद्वारा छोपेमा तिर लाग्यौं । पहाडको बाटो अनि दृश्यहरु हेर्दा साँचैनै नेपालमा भ्रमण गरेको महशुस हुन्थ्यो । करिब एक घण्टा पछि गुरु रिन्पोचेको जन्म थलो छोपेमामा आइ पुग्यौं ।
एउटा ठुलो ताल अनि त्यसको उत्तरमा गुरु रिन्पोचेको बिशाल मूर्तिले यस स्थानको रुपनै भिन्दै गराएको थियो । हिमाञ्चल प्रदेशको मन्दी जिल्लामा अवस्थित यो ठाउँ बुद्धिस्टहरुका लागि अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा मानिन्छ । ‘छो’ को अर्थ ताल र ‘पेमा’ को अर्थ कमलको फुल हो अर्थात् कमलको फुलको ताल । यस ठाउँलाई रेवाल्सरको नामले पनि चिनिन्छ । भगवान गुरु पदमा सम्भवको जीवनीसंग सम्बन्धित यस क्षेत्रमा १२३ फूट अग्लो बिशाल प्रतिमा रहेको छ । प्राचिनकालमा मन्दीका राजा अरशाधरका छोरी राजकुमारी मन्दरालाई लुकीलुकी अध्ययन गराएको आरोपमा जिउदै जलाइदिएको तर पछि सोहि स्थान तलाउको रुपमा परिणत भै सो तलाउको बीचमा कमलको फुलमा गुरु पदमा सम्भव विराजमान भएको कथा छ । सो पछि राजले आफ्नो छोरीको बिवाह गुरु पद्मसंभव संग गरे दिए । त्यस पछि गुरु पद्मसंभव त्यहाँबाट तिब्बत गइ बुद्ध धर्मको प्रचार गरेका हुन् भन्ने भनाइ छ ।
त्यस दिन दशमी तिथि परेकोले छोपेमामा वौद्ध धर्मालम्बीहरुको भिड लागेको थियो । विभिन्न गुम्बाहरुको दर्शन पछि हामी माथि डाँडा तिर जहाँ गुरुले तपस्या गरेको ठाउँमा गयौं । एउटा ठुलो गुफा जस भित्र गुरुको प्रतिमा थियो अनि कुनै ठाउँमा त दुईजना मान्छे समेत छिर्न गारो हुने ठाउँ थियो । केहि बेर गुरुको चरणमा पुजा गरे पछि हामी फेरि उकालो जहाँ गुरुको अर्को ध्यान बसेका क्षेत्रहरुको दर्शन गरियो । पख साँझ पाख तल झरी बिशाल प्रतिमाको दर्शन गर्यौं । तालको परिक्रमा गरि यस पबित्र स्थललाई अन्तिम प्रणाम गर्दै मन्दी तिर फर्कियौं ।
सातौैं दिन (मन्दी देखि धरमशाला सम्म)
बिहान खाजा खाईवरी हामी बसद्वारा धरमशाला तिर लाग्यौं । अति नै मनमोहक दृश्यहरुको अवलोकन गर्दै करिब ६ घण्टा पछि हामी धरमशाला आइ पुग्यौं । होटेल जानु अघि हामीलाई दुईजना गुरुहरुले परम पुज्यनीय कर्मपा गुरुको गुम्बा दर्शन गराउन बस पार्कमा कुरिरहनु भएको रहे छ । वहाँ गुरुहरु बेलायत भ्रमणमा हुँदा हाम्रो गुम्बामा बस्नु भएको थियो । वास्तवमा गुम्बा परम पुज्यनीय दलाइ लामाको रहेछ तर वहाँले कर्मपा गुरु लाई धरमशालामा पाल्नु हुँदा त्यहाँ बस्नको लागि दिनु भएको गुम्बा रहेछ । गुम्बाको दर्शन पछि हामी होटेल तिर प्रस्थान गर्यौं ।
भारतको कनगडा जिल्लाको मुख्यालय मानिने यो सहर पहिला भाग्शु नामले चिनिने थियो । सन् १९५९ को तिब्बत संघर्ष पछि हाल क १४ परम पुज्यनीय दलाइ लामा यसै सहरको मक्लोडगंज भन्ने ठाउँमा शरणार्थीको रुपमा बस्दै आउनु भएको छ । तिबेतन लामाहरु अनि पर्यटकहरुको बस्ति भएको यो सहर साँच्चैनै अति मनमोहक छ ।
आठौं दिन (धरमशाला देखि कत्रा सम्म)
बिहानीको सुर्योदयका साथ आजको हाम्रो बिशेष कार्यक्रम परम पुज्यनिय दलाइ लामाको गुम्बा दर्शन अनि वहाँको बासस्थानको अवलोकन गर्ने थियो । सो खाजा पछि सिधै हामी गुम्बा तिर लाग्यौं । गुम्बाको परिक्रमा साथै दर्शन अनि पुजा गरि कोरा लगाउने काम भयो । दिनको खाना खाईवरी हामी जम्मुको कत्रा तिर लाग्यौं ।
आजको यस बस यात्रा निकै लामो दुरीको थियो ९२४० किमि । करिब बेलुकी ६ बजे तिर हामी गन्तब्यमा पुग्यौं । हिन्दूहरु अर्को एउटा अत्यन्त्य महत्वपूर्ण धार्मिक स्थल मानिने यो ठाउँ जम्मु कश्मिरको रेइशि जिल्लामा पर्दछ । त्रिकुटा पहाडको काखमा स्थित यो सहर श्री बैशनो देवी मन्दिरको दर्शनको लागि एकदमै प्रख्यात छ । १४ किमिको लामो उकालो बाटो हिडे पछि मात्र देवीको मन्दिरको दर्शन गर्न पाईन्छ । प्रत्येक बर्ष यहाँ १० देखि १५ लाख भक्तजनहरुको घुइंचो लाग्ने गर्दछ ।
समयको पावन्दीले गर्दा हामीले हेलीकप्टरद्वारा जाने विचार गरेका थियौं तर अभाग्यबस हेली सबै बुक भैसकेकोले टोलिका आधा सदस्यहरु त्यसै राति १२ घण्टा लगाएर मन्दिर दर्शन गरेर आए । बेलुकीको खान खाएर १० बजे हिडेका भोलि पल्ट १२ बजे मात्र होटेलमा आइ पुगेका थिए । बाँकी सदस्यहरु उनीहरु कै प्रतिक्षामा बसेका थिए । दिनको खान खाए पछि हाम्रो यात्रा अमृतसर तीर सुरु भयो ।
यात्राको नवौं दिन (कत्रा,अमृतसर)
कत्रामा बसमा चढ्ने बितिकै बैशनो देवी दर्शन भक्तालुहरु घुर्न सुरु गरे । आजको बस यात्रा यो यात्राको सबै भन्दा लामो दुरी साथै पहाडी भेग भएकोले हामी अमृतसर बेलुकी ९ बजे तिर मात्र पुग्यौं । सबैजना थकित देखिन्थे अनि होटलमा चेक इन पछि खाना खाईवरी सबै जना आआफ्ना कोठा तिर लागे । 

यात्राको दशौँ दिन (अमृतसर, वाग्हा सिमाना)
नया दिल्लीबाट ४५५ किमि उत्तर पश्चिममास्थित यो सहर पाकिस्तानको सिमाना नजिकै पर्दछ । पन्जाब प्रदेशमा रहेको यो सहरको इतिहास एकदमै कहाली लाग्दो रहेछ । ब्रिटिश राजको पालामा जललींवाला बगंैचामा करिब १००० जना सिख, हिन्दु अनि मुशलमान हरु हत्या गरेका थिए । 

चौथो सिख गुरु रामदाशले स्थानीय गाउलेबाट ७०० रुपैयाँमा जग्गा किनी सहरको बीचमा एउटा तालु बनाए अनि पछि गएर उनकै छोराले त्यस तालुको बीचमा हालको गोल्डन टेम्पल खडा गरे । कैयौं पटक मुशलमानहरुले यस मन्दिरलाई भत्काए तर अन्तमा महाराजा रंजित सिंहले सन् १८०९ मा तामाको छाना लगाए अनि सन् १८३० मा सुनको छानामा परिणत गराए । 

बिहान खाजा पछि हामी सबै बस चडी गोल्डेन टेम्पल तिर लाग्यौं । मन्दिरको परिसर भित्र पस्नु अघि सबैले जुत्ता फुकाली केटाहरुका लागि रुमाल टाउकोमा छोप्नु पर्ने रहेछ अनि सोहि अनुसार केटीहरुले पछ्यौरीले टाउको छोप्नु पर्ने रहेछ । अत्यन्त सफा अनि व्यवस्थित स्थलमा सबै जनाले आनन्द लिए । त्यस पछि हामी नजिकैको जलियावाला बगैंचामा घुम्यौं जहाँ १००० जना व्यक्तिहरुको हत्या भएको थियो । उक्त भ्रमण पछि हामी होटलमा फर्कियौं अनि केहिबेरको बिश्राम पछि हामी बाघा सिमाना तिर लाग्यौं । 

यो स्थान टुरिस्टहरुको लागि अत्यन्तै आकर्षक केन्द्रको रुपमा रहेको छ । हरेक बेलुकी ५ बजेबाट भारतीय अनि पाकिस्तानी सिमाना सैनिकहरुद्वारा परेड प्रर्दशन हुने गर्दछ । जो अत्यन्तै जोशिलो, आकर्षित अनि रमाइलो वातावरणमा देखाईदो रहेछ । परेड करीब एक घण्टाको हुँदो रहेछ । परेडको भरपुर मनोरंजन लिए पछि हामी होटल तिर लाग्यौं ।
यात्राको एघारौं दिन (अमृतसर–नया दिल्ली)
बिहानीको खाजा पछि सबै जना एयरपोर्ट तिर लाग्यौं । करिब सवा एक घण्टाको उडान पछि हामी दिल्ली एरपोर्ट अवतरण गर्यौं अनि सिधै होटलमा चेक इन गर्यौं । दिउँसोको खाना पछि दिल्लीका केहि प्रमुख स्थलहरुको अवलोकन गरियो । जस्तैः इंडिया गेट, रास्ट्रपति भवन, आदि । बेलुकीपख स्थानीय नजिकैको बजारहरु घुम्ने अवसर पनि मिल्यो ।
यात्राको अन्तिम दिन
आज यात्राको अन्तिम दिन सबैको अनुहारमा पहिलाको जस्तो हर्ष उमङ्गको रेखा देखिएको थिएन कारण ग्रुपका सदस्यहरु कोहि नेपाल अनि कोहि बेलायत जादै थिए । बिहानको खाजा सके पछि सबै जना लबीमा आइ बिदाईको कार्यक्रम गरे । अनि फेरी अर्को बर्ष फेरी यसरी नै कुनै अर्को स्थानको भ्रमणमा भेट्ने वाचा गर्दै आ–आफ्ना गन्तब्य तिर लाग्यौं । 

लेख्दा लेख्दै, अब यस बर्षको भ्रमण पनि तय भैसके यहाँहरुलाई जानकारी दिन चाहन्छु । यस बर्ष हामी ४३ जनाको ग्रुप मानसरोवर, कैलाश पर्बत अनि ल्हासा जाने कार्यक्रम छ सो यात्रा सेप्टेम्बर महिनाको १० तारिखबाट सुरु भई २३ तारिख सम्म (१४ दिन) हुने छ ।

Back To Top
error: Content is protected !!