skip to Main Content
01252 338765

लुम्बिनीको नया युग र गुरुयोजना

  • News
लुम्बिनीको नया युग र गुरुयोजना

 

बसन्त बिडारी
लुम्बिनी
काठमाडौंमा १९५६ ई.मा आयोजित वल्र्ड फेलोसिप अफ बुद्धिस्टको चौथो साधारण सम्मेलनमा सहभागीहरूले पवित्र लुम्बिनी उद्यानको पुनःस्थापना गर्दै ऐतिहासिक र धार्मिक महत्व अनुसार विकास गर्नुपर्ने कुराको अनुभव गरे। राजा महेन्द्रले त्यहा“ आधारभूत सुविधा उपलब्ध गराउ“दै बौद्ध वातावरण सिर्जना गर्ने प्रतिबद्धता जाहिर गरे। एउटा विहार र एक धर्मशाला र सडकको निर्माण पनि भयो।

लुम्बिनीको भौतिक विकास
संयुक्त राष्ट्रसंघका महासचिव स्व.उ था“को १९६७ ई.को लुम्बिनी तीर्थयात्रा लुम्बिनीको भौतिक विकासको इतिहासको सीमाचि≈न साबित भयो। उ था“ म्यानमारका धार्मिक बौद्ध थिए। उनको सोच थियो, “लुम्बिनी यस्तो ठाउ“ हुनुपर्छ जहा“ धार्मिक र धर्मनिरपेक्ष मानिसहरू स“गस“गै बसेर भोक र संघर्ष नहुने विश्वको निर्माण गर्नसकुन्।” लुम्बिनीको पवित्रताबाट प्रभावित हु“दे उ था“ले नेपाल सरकारस“ग लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थ र पर्यटनकेन्दको रूपमा कसरी विकसित गर्नसकिन्छ भनी छलफल गरे।

उ था“ले यस प्रयासमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आ≈वान गरे। त्यसको प्रत्युत्तर उत्साहवर्धक थियो र १९७० ई.मा न्यू योर्कमा संयुक्त राष्ट्रसंघमा नेपालका स्थायी प्रतिनिधिको अध्यक्षतामा लुम्बिनीको विकासको लागि तेह्र देशको अन्तर्राष्ट्रिय समितिको गठन भयो। ती देशहरू ह«न्ः अफगानिस्तान, म्यानमार, कम्पुचिया, भारत, इण्डोनेशिया, जापान, लाओस, मलेशिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका र थाईल्याण्ड। १९७२ ई.मा बाङ्लादेश र भूटान यस समूहमा आबद्ध भए।

संयुक्त राष्ट्रसंघले १९७२ ई.मा जापानका विश्वप्रसिद्ध वास्तुशास्त्री प्रा.केञ्जो तांगेलाई लुम्बिनी विकासको गुरुयोजना तयार गर्नको निम्ति सल्लाहकार नियुक्त ग¥यो। १९७८ई.को वर्षमा संयुक्त राष्ट्रसंघ र नेपाल सरकारले लुम्बिनीको गुरुयोजनाको अनुमोदन गरे। यसै वेला लुम्बिनी विकास योजनामा नेपाल सरकार लुम्बिनी विकास समितिस“ग प्रत्यक्ष रूपमा संलग्न भयो। फलस्वरूप समिति गाउ“हरूलाई योजना क्षेत्रमा पारेर ७७० हेक्टर जग्गा अधिग्रहण गर्न र सडक, विजुली, खानेपानी आदि जस्ता आधारभूत काम पुरा गर्नुको साथसाथै विरुवा रोप्न र हुर्काउन सफल भयो।

१९८५ ई.मा लुम्बिनी विकास कोष ऐन पारित भयो र लुम्बिनी विकास कोष (लु.वि.को.) को स्थापना भयो। त्यस वेलादेखि गुरु योजना लागु गर्ने र समष्टिमा लुम्बिनीको विकास गर्नु कोषको दायित्व हु“दै आएको छ।

लुम्बिनी विकासको गुरुयोजना

तीन वर्गमाइल खालि र समथर जग्गालाई यस दृढ र सोझो गुरुयोजनाले बुद्धको शान्ति र करुणाको विश्वव्यापक सन्देशको अभिव्यक्ति दिने मूत्र्त भूदृश्यमा परिणत गर्दै सम्पूर्ण मानव जातिलाई बुद्धको शिक्षा उपलब्ध गराउने छ। यस गुरु योजनाले अध्ययनको एक आसन र बौद्ध धर्मको प्राणको अनुभव गर्ने स्थान प्रदान गरेको छ। यस योजनाका बहुआयामीय पक्षहरू छन्। त्यस क्षेत्रमा बस्ती बसाउने मात्र यस योजनाको ध्येय होइन बरु धार्मिक स्थल वा मन्दिर र विहारहरूको पुनस्र्थापना गर्नु र ऐतिहासिक र पुरातात्विक तथ्यहरूलाई उघार्नु पनि यसका महत्वपूर्ण उद्देश्य हुन्। गुरुयोजनाको अनुसार लुम्बिनीको विकास उत्तिकै महत्वपूर्ण छ र यसले सम्पूर्ण पश्चिम नेपालको सामाजिक–आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने छ र अन्ततः सांस्कृतिक पर्यटनको विकासमा बल प्रदान गर्नेछ। भन्नु परोइन कि पर्यटन देशको निकै ठुलो आयस्रोत बनेको छ।

गुरुयोजनाको परिकल्पना
उत्तर–दक्षिण केन्द्रित तीन वर्गमाइल क्षेत्र तीनवटा बराबर पाटा वा जोनमा विभाजन गरिएको छ। यसरी प्रत्येक पाटा एक वर्गमाइलको छ। सबै पाटा केन्द्रिय कडीको रूपमा १.५ किलो मिटर नहर र पैदल हि“ड्ने बाटो (गोरेटो)ले जोडिएका छन्। दक्षिणपट्टिको पाटो पवित्र उद्यानको हो, बीचको विहारहरूको हो र उत्तरको पाटो चाहि“ नया“ लुम्बिनी गाउ“ भनिएको छ।

पवित्र उद्यानको भूदृश्यमा देखापर्ने चतुष्कोणहरूलाई बारंबार रिंगै घेर्ने वृत्तले जगत्को अलौकिक र गूढ प्रतीक भएको मण्डलको पवित्रता र सरलतालाई व्यक्त गर्छ।

पवित्र उद्यान
पवित्र उद्यानमा बुद्धजन्मको विचारको अनुरूप शान्त, निश्चल, विश्वव्यापक र स्वच्छ वातावरण बहाल गर्ने उद्देश्य नै यस परिकल्पनाको मुटु भएकोले गुरुयोजना दक्षिणी भागमा केन्द्रित रहेकोछ। केन्द्रस्थानमा अशोकस्तम्भको साथसाथ प्राचीन अवशेषरूको वरिपरि पुनर्जीवित वनस्पतिले आश्रय पाइरहेछन्। बोटबिरुवाको निश्चल र अविचलित सौन्दर्यले यस्तो वातावरण बनाउन मदत गर्छ, जसमा बुद्धको विश्वव्यापक सन्देशलाई आत्मसात् गर्न सकियोस्। यसरी बुद्धको जन्मस्थललाई स्मरणीय बनाउन लुम्बिनीको पावन उद्यानलाई गुरुयोजनाको केन्द्र बनाइएको हो। चतुष्कोणका आकृतिहरूलाई वृत्ताकारले घेर्ने परिकल्पनाभित्र पवित्रता र सरलता गरी दुई बौद्ध सिद्धान्तहरूको अभिव्यक्ति निहित छ।

वृत्ताकार पोखरीले बाढीबाट बचाउने बा“धको कडीको रूपमा घेरिएकोले यो पवित्र क्षेत्र जलमग्न हुनुबाट सुरक्षित छ। यहा“ कुनै पनि किसिमको नया“ निर्माण गर्नदिइ“दैन। यसरी यस क्षेत्रको पुरातात्विक सम्पदाको संरक्षण गर्नु पनि यस परिकल्पनामा निहित छ।

पैदल हि“ड्ने बाटो र उत्खनित स्थानतिरको पह“ुचको परिकल्पना भने नया“ हो। (यसमा उत्खनन भएका र नभएका दुबै क्षेत्रहरूको संरक्षणका उपयुक्त आयाम र अवस्था छन्। पवित्र उद्यान प्रतिवर्ष बर्खायाममा डुवानमा पर्नेगथ्र्याे। पुरातात्विक संरक्षण योजनाको एकीकृत अवयवको रूपमा उत्खनन क्षेत्रलाई बाढीबाट सुरक्षित राख्न यसलाई सबैतिरबाट घेर्ने बाटुलो पोखरीको बा“ध बनाइएको हो।

अशोक स्तम्भ र मायादेवी मन्दिर वरिपरिबाट संग्रह गरिएको प्रमाणबाट तेस्रो शताब्दी ईसापूर्वदेखिका विहार र स्तूप जस्ता धार्मिक संरचनाहरू प्राप्त भएका छन। अन्य कतिपय मानवनिर्मित पुरावस्तुहरू भने छैठौं–पा“चौं शताब्दी ईसापूर्वका प्राप्त भएका छन।

अशोक स्तम्भभन्दा ४०० मिटरजति दक्षिण–पश्चिममा प्राचीन ‘लुम्मिनिगाम ‘को ढिस्को छ। यो गाउ“ तेस्रो शताब्दी ईसापूर्वका धार्मिक संरचना हुनुभन्दा केही पहिले भक्त निर्माताहरूलाई आश्रय दि“दै बसेको हुनु पछ। धार्मिक संरचना र पुरानो गाउ“ रहेको हालको ढिस्को पुरानो बाटोले जोडेको थियो। अर्को पुरानो बाटो दक्षिणपूर्वतिर जान्थ्यो,जहा“ दुइवटा पुराना इनारका अवशेषको पत्ता लागेको छ।

केन्द्रीय कडी

उत्तरी पाटाबाट नहरको किनारको शानदार पैदल बाटोबाट वा निश्चल नहरमा डुंगाबाट पवित्र उद्यानको प्रांगणमा पुग्नसकिन्छ। शान्त नहरछेउको छहारीदार बाटोले लुम्बिनीका यात्रुहरूलाई सांसारिक चिन्ताबाट पवित्र उद्यानको शुद्धतातिरको क्रमिक परिवर्तनको अनुभूति जगाउ“छ।

आºनो निर्माण पुरा भएपछि पैदल बाटोले यात्रीहरूलाई लुम्बिनीका स्मारक भवनका घुम्रिएका गुमज, अतीतका अविचल पोखरीहरू, हिसीपरेका मण्डपहरू, अनेक चारकुने र बाटुला शान्त र चकमन्न चोकहरूतिर लग्ने छ। बाटोको बीचबीचमा बेञ्च, खाने पानी र मूत्रालय समेत भएका बिसौनी हुने छन्। बृद्ध र अपांग यात्रीहरूलाई डुंगाले लग्ने छ। बाटोको अन्तमा रहेका शान्तिज्योति र शान्तिघण्टा पवित्र उद्यानको यात्रामा प्रतीकात्मक संक्रमणको भाव व्यक्त गर्छन्। यो १.५ किलोमिटर लामो, १६ मिटर चौडा र १.५ मिटर अग्लो केन्द्रीय कडीले विहार क्षेत्रलाई बौद्धधर्मका महायानी र हीनयानी गरी दुई भागमा विभाजन गरेको छ।

विहार क्षेत्र
केन्द्रीय कडी स“गैको चौडा हरित क्षेत्रले महायान र थेरवाद वा हीनयानमा छुट्याइएका विहारहरूका क्षेत्र छन्। यी दुई क्षेत्रहरूमा दुबै भिन्नभिन्न धार्मिक परम्परा बमोजिम ध्यान उपासना गर्ने बहाल बनाउन जग्गा उपलब्ध छ। यी क्षेत्रहरूमा कतिपय देशका समूह र बौद्ध संगठनहरूले अआºना पारम्परिक शैलीमा भिन्नभिन्न ढा“चाका विहार बनाएका छन्। प्रत्येक विहार क्षेत्रको बीचमा वृत्ताकार वा अर्धवृत्ताकार खुड्किला भएको विहार चोक बनाइएको छ। यो मानिसहरूको जम्मा हुने ठाउ“ हो र यसको बीचमा प्रतीकात्मक मूर्ति पनि स्थापित गरिने छ।

विहार क्षेत्र बुद्धको पूजा उपासना गर्ने उनको ध्यान, चिन्तन र मनन गर्ने र आजको विश्वमा पनि मानवजीवनमा लागु हुनसक्ने उनका विश्वव्यापी शान्ति र करुणाको पाठ पढ्ने ठाउ“ हो। यहा“ पवित्र उद्यान नजिकै हरियो वनको छहारीमा जम्मा बयालिस पाटा जग्गा छुट्याइएका छन्।

पूर्वी विहारक्षेत्रमा थेरवाद वा हीनयानी बौद्ध समुदायको लागि १३ पाटा छन्। तीमध्ये थेरवादको अनुसरण गर्ने कतिपय देशहरूले यस क्षेत्रमा विहार र स्तूपको निर्माण सम्पन्न गरिसकेका छन् र केही बा“कि छन्।
पूर्वी विहारक्षेत्रमा थेरवाद वा हीनयानी बौद्ध समुदायको लागि १३ पाटा छन् । जसमध्ये निम्न देशका विहारहरु निर्माण भएका छन् ।
राजकीय थाई मन्दिर, थाइल्याण्ड ।
महाबोधि मन्दिर, कोलकाता, भारत ।
कम्बोडियाली मन्दिर, कम्बोडिया,
श्रीलंका महाविहार, श्रीलंका ।
म्यानमार सुवर्ण मन्दिर, म्यानमार । अन्तर्राष्ट्रीय भिक्खुनी संघ, नेपाल ।
धम्मजननी विपश्यना ध्यान केन्द्र,नेपाल ।

पश्चिमको महायानी विहारक्षेत्रमा २९ पाटा छन्। अनेकौं देश र बौद्ध संघटनहरूले निर्माण आरम्भ गरेका छन्। जसमध्ये केही देशका विहारहरुको निर्माण कार्य सम्पन्न भएका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।
ध्यानकेन्द्रहरू
केन्द्रीय कडीबाट पूर्व र पश्चिमका पवित्र उद्यान नजिकै वनक्षेत्रमा ध्यानकेन्द्रहरू पैmलेका छन्। म्यानमारका श्रद्धेय सयदौ उ पण्डित द्वारा स्थापित पण्डिताराम लुम्बिनी अन्तर्राष्ट्रीय विपश्यना ध्यानकेन्द्र पश्चिममा छ। यसै गरी भारतका एस.एन. गोयनका द्वारा स्थापित धम्म जननी विपश्यना ध्यानकेन्द्र पूर्वतिर रहेको छ। यी केन्द्रहरूले बौद्धधर्मका छात्रहरूलाई करुणा र समचित्तताको सहज ज्ञान र अभ्यासको मार्ग देखाउ“छन्।
पश्चिमी विहारक्षेत्रमा महायान बौद्धहरूका २९ प्लट छन् । जसमध्ये निम्न देशका विहारहरु मध्ये केही निर्माण सम्पन्न भईसकेका तथा केही निर्माणाधीन अवस्थामा छन् ।

का–निङ शेद्रुप लिङ विहार (सेतो गुम्बा), नेपाल
जारोङ गुप्तेन मेण्डोल दोग्ना छोलिङ, नेपाल
उर्गेन दोर्जी छोलिङ बौद्ध केन्द्र, सिंगापुर
कर्मा काग्यु, ड्युसलड्रफ, जरमनी
फ्रेञ्च बुद्धिष्ट एसोसिएशन, फ्रान्स
तारा फाउण्डेशन ड्युसलड्रफ (ग्रेट लोटस स्तूप), जरमनी
सोक्यो अर्गनाइजेशन, जापान
द्रिगुंग कज्युड मेडिटेशन, लद्दाख, भारत
थ्रंगु वज्र इध्या बुद्धिष्ट एसोसिएशन, क्यानाडा
दि वलर््ड लिह्न्–सन् बुद्धिष्ट कन्ग्रेगेशन, फ्रान्स
युनाइटेड तुंगाराम बुद्धिष्ट फाउण्डेशन, नेपाल,
भियतनाम फात क्योक् तु, भियतनाम
मंगोलिया सरकार (आरक्षित)
भूटान सरकार (आरक्षित)
गेडेन इण्टरनेशनल इन्स्टिच्युट,स्विट्जरल्याण्ड, अष्ट्रिया
बुद्धिष्ट एसोसिएशन अफ् चाइना (चीनिया“ मन्दिर)
कोरिया बुद्धिष्ट महाबोधि सोसाइटी, दक्षिण कोरिया
धर्मोदय सभा, नेपाल
कर्मा सान्तेन लिङ् इन्स्टिच्युट, नेपाल
मनाङ् समाज, स्तूप, नेपाल
योङ् दो सोसाइटी, दक्षिण कोरिया
पण्डिताराम अन्तर्राष्ट्रय विपश्यना मेडिटेशन सेण्टर, म्यानमार

सांंस्कृतिक केन्द्र
सांस्कृतिक केन्द्र त्यस्तो ठाउ“ हो जहा“ विश्वशान्तिको बारेमा सोच्ने मानिसहरू जम्मा हुन्छन्, काम गर्छन् र अध्ययन गर्छन्। लुम्बिनी विकास क्षेत्रमा यस केन्द्रस“ग सम्बन्धित तीनवटा भवन छन्ः स्ांग्रहालय, सभागृह र पुस्तकालय, जहा“ अनुसन्धान केन्द्र र अनुसन्धानकत्र्ताको वासस्थान पनि छ। लुम्बिनीमा हुने कार्यहरूमा सांस्कृतिक विविधताको बृद्धि गर्नु यी भवनहरूको अभिप्राय हो।

विश्वभरिबाट संग्रह गरिने बुद्धको जीवनस“ग सम्बन्धित पुरावस्तुहरूको प्रदर्शन गर्नु लुम्बिनी संग्रहालयको लक्ष हो। संग्रहालयले लुम्बिनीको इतिहासको पुनर्निर्माणको निम्ति अन्यत्रबाट र पवित्र उद्यानमा गरिएको पुरातात्विक कार्यहरूबाट प्राप्त ंपुरावस्तुहरूको प्रदर्शन गर्छ। संग्रहालय भवन २२ मिटर लामो, १३ मिटर चौडा र निकै अग्लो, चारैतिर मजेरी वा उपतल्ला र केन्द्रीय प्रदर्शन कक्ष (हल) भएको भव्य छ। पश्चिमका दुई मजेरीहरू र तिनकै भुइंतलाका स्थान प्रशासन, कार्यशाला र पुरातात्विक अनुसन्धानको लागि आवश्यक प्रयोगशालाको रूपमा उपयोग गरिन्छन्। बा“कि सबै स्थान सार्वजनिक हुन्। केन्दीय हल, मजेरी र कतिपय सन्धिस्थलहरू विशेष प्रदर्शनको लागि उपयोग गरिन्छन्। हाल यहा“ बुद्धस“ग सम्बन्धित चार मुख्य र चार गौण पवित्र क्षेत्रहरू र एशियामा बौद्धधर्मको विस्तार देखाउने मूत्र्ति, चित्र जस्ता वस्तु प्रदर्शनमा छन्। यो भवन भारत सरकारले बनाएको हो।
लुम्बिनी विकासको निम्ति संयुक्त राज्य अमेरिकाको राष्ट्रीय समितिको आर्थिक सहयोगले बन्ने प्रस्तावित सभाभवन वा अडिटोरियम ४२० सीट भएको बहुउद्देशीय राष्ट्रीय र अन्तर्राष्ट्रीय सम्मेलन आयोजन गर्नसकिने हल हुनेछ। यसमा पर्यवेक्षक र प्रेसको लागि छवटा बलकोनीको साथसाथै एउटा सुविधासम्पन्न विशिष्ट बल्कोनी समेत हुने छ। सभाभवनमा प्राविधिक सुविधा पनि हुने छ। हलको पछाडिको माथिल्लो भित्तामा दोभाषेहरूका छवटा आसन हुनेछन्। विशेष शैलीमा बन्ने यस सभाभवनका ईंट सम्मपनि खास किसिमका हुनेछन्।
सांस्कृतिक केन्द्रको तेस्रो अंग पुस्तकालय र अनुसन्धान केन्द्र हो। बौद्ध धर्म, दर्शन, शान्तिकामी बौद्ध समाज र संस्कृति अनि सर्वोपरि विश्वशान्तिको निम्ति समर्पित यो सुविधा विश्वका नामी विश्वविद्यालयहरूका उन्नत कोटिका अनुसन्धान संस्थानको मार्गमा हि“ड्नेछ। अध्ययन अनुसन्धान गर्न र अन्य शोधार्थीहरूस“ग काम गर्न प्रसिद्ध विद्वान्हरू लुम्बिनी बोलाइएका छन्। पुस्तकालय, अनुसन्धान केन्द्र र तिनका सबै सञ्चालनकार्य जापानको रेइयुकाईका उपहार हुन्।
लुम्बिनी केन्द्र
भैरहवा–तौलिहवा सडकको मध्यविन्दु लुम्बिनी पुग्ने उपयुक्त बाटो हुने विश्वास गरिएको छ। लुम्बिनी केन्द्र लुम्बिनीका यात्रीहरूको स्वागत गर्ने पहिलो बिसौनी हुने छ जहा“ प्राथमिक सूचना, अल्पाहारक लागि होटल,आराम कोठा र क्याफे, सार्वजनिक टेलिफोन, प्रहरी र दमकल सेवा उपलब्ध हुने छ। लुम्बिनीका प्रशासनिक कार्यालयहरू पनि यसै केन्द्रमा हुने छन्। लुम्बिनी केन्दको भवन दुई समानान्तर छहारिला बाटास“गैै आठ वटा खण्डको हुने छ। सडकको उत्तरतिरका भवनहरू प्रशासनिक केन्द्रका रूपमा र सडकका दक्षिणतिरका भवन यात्रीकेन्द्रका रूपमा उपयोग गरिने छन्।

नव लुम्बिनी ग्राम
अशोकस्तम्भभन्दा साढे दुई माइल उत्तरतिर योजना क्षेत्रको ढोका बाहिर बाहिरी संसार छ। यस क्षेत्रमा सबै आर्थिक हैसियतका यात्रीलाई अनुकूल हुने बासस्थान, भोजनालय, पसल र अन्य सुविधा उपलब्ध छन्। यहा“ लुम्बिनी योजनाका केही कर्मचारीहरूका घरहरू र एउटा हाई स्कूल पनि छन्। यस अञ्चलमा सबै किसिमका डेरा उपलब्ध छन्।

शान्तिको प्रतीक लुम्बिनीका नया“ विशेषता
कतिपय नया“ रूप र आकारको सिर्जनाले लुम्बिनीलाई शान्तिको प्रतीकात्मक अर्थ दिएका मात्र छैनन्, बरु यस पावन भूमिको मुहार नै फेरि दिएका छन्।

विश्वशान्ति पगोडा (स्तूप)
जापानको निप्पोनजान म्योहोजि नामक बौद्ध संगठन र लुम्बिनी विकास कोषको संझौता अनुसार नव लुम्बिनी ग्राममा ४२ मिटर अग्लो विश्व शान्ति पगोडाको निर्माण गरिएको छ । यसमा स्थापित चार मूत्र्तिहरूले भगवान्को जन्म, सम्बोधि, पहिलो देशना (उपदेश) र महापरिनिर्माण जस्ता बुद्धजीवनका चार घटना व्यक्त गर्छन्। अर्को महत्वपूर्ण शान्तिप्रतीक यस पगोडाको पश्चिममा बनाइएको लुम्बिनी दोजो मन्दिर हो, जहा“ प्रत्येक दिन बिहान र सा“झ प्रार्थना गरिन्छ।

शाश्वत शान्ति ज्योति
विश्वभरि अमन चैनको शन्देश प्रकाशित गर्दै लुम्बिनीमा शान्ति ज्योति २७ वर्षदेखि अनवरत बलिरहेछ। यो दीपज्योति पवित्र उद्यानको उत्तरतर्पm केन्द्रीय कडीको दक्षिणी पुछारमा रहेको छ। संयुक्त राष्ट्रसंघले १९८६ ई.लाई शान्तिवर्ष भनी उत्सव मनाएको थियो। त्यस समारोहमा खेलाडीहरूले ५४ मुलुक घुमाउ“दै ल्याएको रा“कोबाट सारिएको हो यो ज्योति। यो लुम्बिनी विकास कोषका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र वीरविक्रम शाहबाट लुम्बिनीमा प्रज्वलित गराइएको थियो।

शान्ति घण्टा
शान्ति ज्योति भएको विन्दुबाट अन्दाजि पच्चिस मिटर पूर्व केन्द्रीय कडीको पैदल बाटोस“गै शान्तिघण्टा छ। २००५ ई.वर्षको मे महिनाको २३ तारीखमा यो स्थापना गरिएको हो।

भूदृश्य र जैविक विविधता
विश्व सांस्कृतिक सम्पदाक्षेत्र भएको कारण लुम्बिनीको प्राकृतिक भूदृश्य र जैविक विविधताको संरक्षण गर्नु आवश्यक छ। वरिपरिको हरिया रुखहरूको चौडा मध्यवर्ती जग्गाले यस प्राचीन र पावन स्थललाई छहारी र संरक्षण दिने हुनाले त्यहा“ ठुला र अग्ला भवन निर्माण निषेध गरिने छ। अनेक अन्तर्राष्ट्रीय संगठनहरू यहा“का वन्य जन्तु र आद्र्रभूमिलाई पुनर्जीवित गर्ने प्रयासमा लागेका छन्। ती मध्ये केही संगठन हुन्ः इण्टरनेशनल क्रेन (सारस) फाउण्डेशन, इण्टरनेशनल युनियन अफ कन्जरभेशन अफ नेचर।
बुद्धको जन्मस्थल भएको कारण लुम्बिनीको महत्व चिरस्थायी र शाश्वत छ। यस धरतीले मानिसको हृदयमा सुन्दरताको अनुभूति र आध्यात्मिकताको भाव जगाउ“छ नै साथसाथै यस भूमिका समृद्ध वनस्पति र जन्तुले प्रकृतिप्रेमीहरूलाई समेत आकर्षित गर्छन््रा्। यहा“ विभिन्न किसिमका झाडी, वनस्पति, जडी–बुटीको साथसाथै पूmल फुल्ने र फल फल्ने बोट बिरुवाहरू हुन्छन्। लुम्बिनीलाई सारसको साथसाथै २५० भन्दा बढी जात र प्रजातिका चराहरू, विभिन्न किसिमका सर्प, माउसुली र खतरामा परेका नीलगाई (हरिणविशेष) ले प्राकृतिक वासस्थान बनाएका छन्।
लुम्बिनीले दुबै राष्ट्रीय र अन्तर्राष्ट्रीय आयामको छवि पाएको छ। राष्ट्रीय स्तरमा यसले नेपाललाई खास परिचय दिएको छ। नेपालीहरूको चरित्र र जीवनशैलीका महत्वपूर्ण विशेषता मूल रूपमा बोद्ध सोच र दर्शनबाट निसृृत हुन्। यही विशेषता सम्पूर्ण दक्षिण एशियाका मानिसहरूमा पनि पाइन्छन्।
अन्तर्राष्ट्रीय स्तरमा लुम्बिनीले सम्पूर्ण मानव जातिले चाहेको शान्ति जस्तो अमूल्य सम्पत्तिमा केन्द्रित सभ्यता, संस्कृति र आध्यात्मिक चेतनाको प्रतिनिधित्व गरेकोछ। यस कारणले विभिन्न धर्म मान्ने, संयुक्त राष्ट्रसंघका चार जना महासचिवहरूले लुम्बिनी यात्रालाई आवश्यक ठाने।
भगवान् बुद्धको जन्म भएको यस पवित्र र आध्यात्मिक भूमिको भ्रमणको अनुभव गर्न र यसको भौतिक यथार्थता देख्नसक्नुहुने छ। यसले आºनो निर्माणकार्यमा लुम्बिनी तपाइ“को संवेदनशीलता, तपाइ“ंको सहयोग र तपाइ“को आशीर्वादको अपेक्षा गर्छ।
लुम्बिनीको विशिष्ट गुणलाई चिरस्थायी राख्न जे गर्नसकिन्छ सो गरौं ।

Back To Top
error: Content is protected !!