skip to Main Content
01252 338765

बिसिसी युके २००९ देखी २०१८ सम्मको छोटो परिचय

  • News
बिसिसी युके २००९ देखी २०१८ सम्मको छोटो परिचय

ले. नारायण प्रसाद गुरुङ द्यभ्ः
निवर्तमान अध्यक्ष÷सल्लाहकार, बिसिसी युके
बुद्ध जन्मनु भएको देश नेपाल र नेपाली भएको नाताले बेलायतमा एउटा बुद्धिस्ट संस्था छ भन्ने सुन्दा अति खुशी लाग्थ्यो । सन् २००९ को कुरा हो वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा तमुधिं युकेको मिचेटस्थित भवनमा हुँदैछ आउनु होला भनि मेजर डमर घले साहेबले मलाई भन्नु भयो । म श्रीमती सहित सो साधारणसभामा गएको थिएँ । फ्लोरबाट एकै चोटी उपाध्यक्षमा नाम आयोे । खुशी ब्यक्त गर्दै दुबैको सहमतिद्वारा स्वीकार ग¥र्यौं । बिसीसी युके सन् २००७ सालमा स्थापना भएको र यस संस्थालाई अगाडि लैजानुका लागि आमा समूहको अत्यन्त जरुरी महसुस हुँदा सोही दिनमा श्रीमती ज्ञानु माया गुरुङको नेतृत्वमा आमा समुहको गठन गरियो । आमा समुहले आज सम्म खेलेको भूमिकाले अविस्मरणिय इतिहास बोकेको छ । हरेक बर्ष च्यारिटी डिनर नाइट, बुद्ध जयन्ती एवं अन्य कार्यक्रम संचालन गरि आर्थिक संकलन गर्दै आएको स्मरण गर्न चाहन्छु कि तेस्रो पटक बिज्लेमा बुद्ध जयन्ती समारोह मनाउँदा ट्रस्टिजहरुबाट सोही दिनमा ८० हजार पाउण्ड उठाउन सफल भएको थियो । गत २१ जुन २०१२ मा हिज होलिनेस १४ र्औ दलाई लामाज्यूको पहिलो आमन्त्रण अल्डरसट फुटबल एरिनामा बिसीसी युकेको निमन्त्रणामा पाल्नु भएको थियो । उक्त दिन ऐतिहसिक दिन थियो । सोही बर्ष बिना मोर्गेज बिटी क्लबको भवन किन्न सफल भयौं । लगभग दुई बर्ष भित्र क्लबलाई गुम्बामा परिणत गरी दुई जना लामाहरु काठमाडौंको सेचेन गुम्बाबाट स्थाइ रुपले स्वंयमसेवा गरिरहनु भएको छ । हिज होलिनेस दोस्रो पटकको निमन्त्रणा २९ जुन २०१५ सालामा हिज होलिनेस दलाई लामाज्यूको बाहुलीबाट गुम्बाको उद्घाटन गरिएको थियो । संस्थापक अध्यक्ष काजी शेर्पाले ८ बर्ष सम्म अध्यक्षको अभिभारा लिनुभयो । र, सन् २०१५ सालको सेप्टेम्बर महिनामा सम्पन्न बिसीसी युकेको वार्षिक साधारणसभाले मेरो अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग¥यो । समयको माग र भौगोलिक बनोट अनुसार लण्डनमा एउटा एकाई स्थापना पनि भयो । यसरीनै ३ उपाध्यक्ष सहित ४० जनाको कार्यसमिति गठन गरे पछि सेप्टेम्बर २०१५ देखि सेप्टेम्बर २०१८ सम्म संचालन भएका बिभिन्न कार्यक्रमहरुलाई छोटोमा जानकारी गराउन चाहन्छु ।


१. हिज होलिनेस शेचेन रब्जम् रिन्पोछेको आगमन १५ मे २०१६ मा पाल्नु हुँदा उहाँकै बाहुलीबाट नै ८ फिट ६ इन्च बुद्ध भगवानको प्रतिमा उद्घाटन गर्नु भै सबै भक्तजनहरुलाई आयुको अभिषेक (वाङ) दिनुभयो ।
२. हिज होलिनेस १७ औं कर्मापाको आगमन मा बिसिसी युके गुम्बामा स्वागत सहित शिलामा अंकित पञ्च शिल बोर्डको उद्घाटजसहित फ्रिम्लि इन्टरन्यासनल होटेलमा २००० भक्तजनहरु लाई वाङ (अभिषेक) दिनुभयो ।
३. यसरीनै हिज होलिनेस ४२ औ शाक्य ट्रिजिन रत्न बज्र रिन्पोछे, खेन्त्रुल ग्यान्खङ् रिन्पोछे, खेन्चेन पेमा शेरब् रिन्पोछे, ९ औं घाकर रिन्पोछे, माहायोगी श्रीधर राणा रिन्पोछे, डुप्सिङ् रिन्पोछे, ग्याल्त्से रिन्पोछे, शाक्य डुङ्से अभिक्रित बज्र रिन्पोछे, छिमे रिन्पोछे, नम्खा ड्रिम्द रिन्पोछे, साङ्पा खेन्चेन छेवाङ ग्याप्सो रिन्पोछे, मास्टर हाइ ताउ गुरु, लोडी ग्यारी रिन्पोछे, तुल्कु थुप्वाङ रिन्पोछे, खेन्पो वागिन्द्र शिला,गुरु खेन्पो से नम्खा गुरु, खेन्पो शिर लामा गुरु, लामा गूप्ती गुरुङ, जनता लामा, लामा रक्षा गुरुङ, लामा बेल बहादुर गुरुङ, पाल्देन् लामा गुरुहरुबाट धर्म देशना (वाङ ) लूङ अर्शिवाद प्राप्त गर्ने सुनौलो अवसर मिल्यो ।
बुद्ध भगवानको ग्रन्थ मध्ये ह्युम (प्रज्ञा पारमिता) को पाठ पूजा अनि प्रवचन ११ जनवरी देदि १४ जनवरी २०१८ सम्म स्पेरिचुअल डाइरेक्टर खेन्पो छेवाङ गुरु खेन्पो वागिन्द्र शिला गुरु खेन्पो नम्खा दोर्जे गुरुहरुको अगुवाइबाट सम्पन भएपछि चौथो अन्तिम ४ दिनमा खेन्पो वागिन्द्र शिलाज्यूबाट अनुवाद दोमाङ (धारणी सँग्रह) ठेलीको बिमोचन एवं दुई सय भन्दा बढी ठेली वितरण भयो ।
यसरीनै प्रथम पटक दुई घोप्पा न्युंने व्रत २१ मे देखी २६ मे सम्म खेन्पो छेवाङ गुरुको अगुवाईमा पोखरा वौद्ध अर्घौं सदनका प्रमुख लामा खेन्पो शिर लामा, बिसिसी युकेका प्रमुख खेन्पो टाशी छिरिङ साथै शेचेन बौद्ध गयाबाट पाल्नुभएका खेन्पो छिरिङ गुरुहरुबाट सम्पन्न भयो । ७३ जना भक्तजनहरुले ब्रतमा भाग लिएका थिए । अन्त्यमा श्रद्धेय पेमा शेरब् रिन्पोछेज्यूले न्युङ्नेको वाङ दिनुभएको थियो ।
अर्को स्मरणिय कुरा ९ जुलाई २०१७ मा श्रद्धेय साङ्पा रिन्पोछे र संयोजक मैना गुरुङको सहभागितामा ८० मिटर अग्लो बुद्ध मूर्ती बुद्ध मण्डला, काहुँ डाँडा पोखराको सहयोगार्थ नेपाली एक करोड रुपैयाँ उठाइएको ।
बिसिसी युकेले दैनिक पूजा मध्ये जन्म देखि मृत्यु सम्मका संस्कारहरु गर्दै आउनुका साथसाथै बिभिन्न संघसंस्थामा आवद्ध भई आर्थिक, धार्मिक र सामजिक कामहरु गर्दै आएको छ ।
सन् २०१५ सालमा नेपालमा गएको महाभूकम्पबाट घाइते भएकाहरुको उपचारार्थ थुप्रै मेडिकल डाक्टरहरु नेपाल पठाई उपचार गर्नुका साथसाथै क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणमा सहयोग पु¥याइएको ।
बिसीसी युकेको तथ्याङ्क अनुसार हालसम्म गुम्बामा करिब २२ हजार भक्तजनहरुले दर्शन गरिसकेको छ । जसमध्ये विद्यार्थी र बिभिन्न संघसंस्थाहरु पर्दछन् । हालै ६०० भन्दा बढि ट्रस्टिज तथा हजारौं आजीवन सदस्य रहेका छन् । भक्तजनको चाप र गुरुहरुको कोठा सानो भएकोले अहिले एक तला थपको काम भइरहेको छ । आशा छ, अगस्त भित्र सम्पन्न हुनेछ्र । हाल बिसीसी युकेको अध्यक्षको अभिभारा नरेश गुरुङज्युले सम्हाल्नु भएको छ ।
अन्त्यमा सम्पूर्ण गुरुहरु, कार्यसमितिका सल्लाहकार, आमा समुह, युवक संघ, ट्रस्टिजहरु अनि सम्पूर्ण भक्तजनहरुमा नेपाली नयाँ बर्ष २०७६ सालको पावन अवसरमा शान्ति, सुस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
जय बुद्ध ।
जय बिसीसी युके

Back To Top
error: Content is protected !!